एसियन
क्रिकेट काउन्सिल (एसिसी)ले उदयमान एशोसियट राष्ट्रहरुलाई लक्षित गर्दै ‘इमर्जिङ नेशन्स
कप’ आयोजना गर्ने भएको छ । यस्तो प्रतियोगितामा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका
‘ए साइड’ टोली पनि सहभागी हुनेछ । सिंगापुरमा बसेको एसीसीको बैठकले टेष्ट मान्य प्राप्त
एसियाली राष्ट्रलाई समेत सहभागी गराएर २०१७ देखि इमर्जिङ कप गर्ने निर्णय गरेको हो
। प्रतियोगिता एक दिवसीय फम्र्याटको हुनेछ । इमर्जिङ कपमा एसियाका टेष्ट राष्ट्रहरु
भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका ‘ए साइड’ टोली रहनेछन् । अफगानिस्तान, नेपाल
र ओमान लगायतका देशको पहिलो सिनियर टोलीले नै भाग लिने भारतीय क्रिकेट कन्ट्रोल बोर्डका
सचिव अनुराग ठाकुरले जानकारी दिए । एशोसियट राष्ट्रको क्रिकेट विकासका लागि इमर्जिङ
कप गर्ने निर्णय भएको उनले बताए । प्रतियोगितामा टेष्ट राष्ट्रका ‘ए साइड’ टोलीमा सिनियर
३ खेलाडी अनिवार्य रुपमा खेलाउनुपर्ने निर्णय भएको छ । इर्मजिङ नेशन्स कप हरेक दुई
वर्षमा हुनेछ । यसैगरी एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रका क्रिकेट एशोसीयसनको
वाषिर्क आम्दानीको २ प्रतिशत रकम एसोसियट राष्ट्रमा लगानी गर्ने निर्णय पनि भएको छ
।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...