दक्षिण अफ्रिकासँगको दोश्रो एक दिवसीय क्रिकेटमा भारत २२ रनले
विजयी भएको छ । जितका लागि २ सय ४८ रनको लक्ष्य दिएको भारतले दक्षिण अफ्रिकालाई ४३
दशमलव ४ ओभरमा २ सय २५ रनमा अल आउट गर्यो । दक्षिण अफ्रिकाका फाफ डू प्लेसिसले ५१
तथा जेपी डुमिनीले ३६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
भारतका भुवनेश्वर कुमार र
अक्षर पटेलले समान ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको
क्षतिमा २ सय ४७ रन बनाएको थियो । उसका लागि कप्तान महेन्द्र सिंह धोनीले नटआउट ९२
रन बनाए भने अजेन्क्या रहानेले ५१ रनको योगदान दिए । भारतको जितसँगै ५ एक दिवसीय क्रिकेट
श्रृंखलाा १–१ को बराबरीमा पुगेको छ । पहिलो खेल दक्षिण अफ्रिकाले ५ रनले जितेको थियो
।
Thursday, October 15, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...