
शरद भेषावकरको कप्तानीमा रहेको नेपाल अरेन्जले सुपर लिग क्रिकेट
प्रतियोगितामा अर्को जित हात पारेको छ। अरेन्जले बुधबार राष्ट्रिय टिमका कप्तान पारस
खड्काको कप्तानीमा रहेको नेपाल रेडलाई १० रनले पराजित गर्यो। त्रिवि क्रिकेट मैदान
कीर्तिपुरमा टस हारेर ब्याटिङ गर्न आएको अरेन्ज ४८.४ ओभरमा १ सय ८० रनमा अलआउट भयो।
जवाफमा आएको रेड ३८.४ ओभरमा १ सय ७० रनमा सीमित भयो। अरेन्जको यो लगातार तेस्रो जित
हो। रेडले तेस्रो खेलमा पहिलो पराजय बेहोरेको हो। अरेन्जबाट सुरज कुर्मीले ६५ रन बनाए।
फजलुर रहमान १ रनमै आउट भएको अवस्थामा उनले ओपनर सुवास खकुरेलसँग ६८ रन जोडे। सुवासले
६५ बलमा २ चौकासहित ३४ रन बनाए। १ सय २६ बलको इनिङ्समा सुरजले ८ चौका प्रहार गरे। शरद
भेषावकर र अन्तिम थापाले समान २० रन बनाए। रेडबाट सागर पुनले ५ विकेट लिए। उनले ९.४
ओभरमा ३४ रन खर्चे। यज्ञमान कुमालले ३ तथा पारस र पुष्पले १–१ विकेट लिए। रेडको सुरुआत
राम्रो रहेन। परेश लोहनी खाता नखोली आउट भए। अनिल मण्डलले २२, सागरले ३४, पारसले ११,
पुष्पले १८, दिलीप नाथले ३६ र कुमार थापाले १६ रन बनाए। बायाँ हाते स्पिनर समसाद अन्सारीले
७ विकेट लिएपछि नेपाल रेड पतन हुन पुग्यो। रामनरेश गिरी, सुशान्त भारी र मञ्जित श्रेष्ठले
१–१ विकेट लिए।
Thursday, October 15, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...