ऐजेन्सी – रणजी ट्रफीमा भारतको आन्ध्र प्रदेश टिमबाट खेली सकेकी
महिला क्रिकेटर दुर्गा भवानीको आत्महत्याको घटना अगाडी आएको छ । आइतबार भवानीको शव
घरको पङ्खामा झुण्डिरहेको भेटिएको थियो । पुलिसलाई यस घटनाको जानकारी भवानीको भाईले
दिएका थिए । घटना भारतको आन्ध्र प्रदेशको गुण्डालाको हो । अनुसन्धान गरिरहेका अफिसर
गुरु प्रकाशले भने, ‘२५ सालकी महिला क्रिकेटरद्वारा यस्तो कदम उठाउनुको पछाडि परिवारको
मुद्दा हुन सक्छ, बडी पोस्टमार्टमको लागी पठाईएको छ र सम्बन्धित धाराहरुको आधारमा मुद्धा
दर्ता गरेर जाँच गरिरहेका छौँ ।’
लिइने छ उनको पतिको बयानः
यस केसमा अहिले सम्म दुर्गा भवानीका पतिको बयान लिइएको छैन् । दुर्गाका पति
सत्य प्रसाद पेशाले खेलकुद पत्रकार हुन् । उनको एक तीन बर्षकी छोरी पनि छ ।
Tuesday, October 13, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...