
यू-१९ विश्वकप क्रिकेट छनौटको दोस्रो खेलमा नेपालले युगाण्डामाथि
१ सय ७१ जित हात पारेको छ । यो जित नेपाल को लगातार दोस्रो जित हो । पहिलो खेल मा नेपालले
पपुवा न्युगिनीलाई ९ विकेटले हराएको थियो ।
मलेसियाको क्वालालम्पुरमा टस जितेर ब्याटिङ गर्दै नेपालले २ सय ४३ रनको लक्ष्य दिएको
थियो । नेपालले २ सय ४२ रनको योगफल तयार पार्न ५० ओभर नै खेलेर सात विकेट गुमाएको थियो
। नेपालको सुरुवात राम्रो रहेन । १३ रन जोड्दा दुई विकेट गुमाएको नेपालको पारी कप्तान
राजुले सम्हाले । उनलाई योगेन्द्र कार्की र आरिफ शेखले साथ दिए । राजुले तेस्रो विकेटका
लागि योगेन्द्रसँग ८४ रनको साझेदारी गरे भने आरिफसँग ९० रनको पार्टरसिप गरे ।
४२.१ ओभरमा छक्का हान्दै शतक पुरा गरेका राजुले दोस्रो बलमा एक रन बनाए । ओभरका
चौथो बलमा क्याच आउट भए । १ सय १५ बल खेलेका राजुले ७ चौका र १ छक्का हाने । त्यस्तै
आरिफ शेखले ५४ र योगेन्द्र सिह कार्कीले ३० रनको योगदान गरे। जवाफि ब्याटिङ गरेको युगाण्डाले
३६ ओभर २ बलमा सबै विकेट गुमाएर ७१ रन मात्र बनायो । युगाण्डाका लागि कुनै पनि
खेलाडीले राम्रो रन बनाउन सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश
श्रेष्ठले ३ विकेट लिए । आरिफ शेख(५ ओभर २ बल बलिङ्ग गरेका आरिफले मात्र १ रन खर्चिएर
२ विकेट), दिपेन्द्र सिंह ऐरी र प्रेम तामाङले समान २-२ विकेट लिए । नेपाली बलर सामु
निरिह भएको युगाण्डाका ब्याट्स्म्यान सुरुदेखिनै दबाबमा आएका थिए । पहिलो ओभरदेखि नै
विकेट लिन थालेका नेपाली बलरले ११ औ ओभरमा पुग्दा युगाण्डालाई १३ रनमा ५ विकेट गुमाएको
दयनीय अवस्थामा पुर्याएका थिए । युगाण्डाका गाबुलाले सर्वाधिक २५ रनको योगदान गरे ।
५ टिम सहभागी यो प्रतियोगिताको विजेता टोलीले आउँदो वर्ष बंगलादेशमा हुने १९ वर्ष मुनिको
विश्वकपमा खेल्ने मौका पाउने छ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...