एजेन्सी - भारतीय बलर जाहिर खानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्
। जाहिरले बिहीबार विज्ञप्ती निकालेर सन्यासको घोषणा गरेका हुन् । सन् २०११ मा
भारतले विश्वकप जित्दाको क्षण आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण भएको उनले
बताएका छन् । सन् २००० मा भारतीय राष्ट्रिय टीममा डेब्यू गरेका जाहिरले अन्तर्राष्ट्रिय
क्रिकेटमा ६ सय १० विकेट लिएका छन् । उनले टेष्ट क्रिकेटमा ३ सय ११ विकेट, एकदिवसीयमा
२ सय ८२ र अन्तराष्ट्रिय ट्वाण्टी ट्वाण्टीमा ७ विकेट लिएका छन् । उनले अहिलेसम्म
९२ टेष्ट, २ सय एकदिवसीय र १७ वटा अन्तर्राष्ट्रिय ट्वाटी ट्वान्टी क्रिकेट खेलेका
छन् । जाहिर सबै स्वरुपका क्रिकेटमा धेरै विकेट लिने चौथो भारतीय बलर हुन् ।
पछिल्लो
समय चोटका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा उनको सहभागीता कम हुँदै आएको थियो । अन्तर्राष्ट्रिय
क्रिकेटबाट सन्यास लिएपनि उनले अर्को सिजनको आइपिएल भने खेल्ने बताएका छन् ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...