आइसिसी विश्व क्रिकेट लिग च्यापियनसिपको तेश्रो खेलमा पनि नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित भएको छ
। जितका लागि पाएको २ सय ३३ रनको लक्ष्य पपुवा न्युगिनीले खेल सकिन ३ बल बाँकी छँदै
भेट्टायो । उसका लागि असद भालाले ८७ रनको महत्वपूर्ण पारी खेले ।

चार्ल्स अमिनीले ३५
र टोनी उराले ३० रन जोडे । नेपालका कप्तान पारस खड्का र मेहबुब आलमले २-२ तथा सोमपाल
कामी, शक्ति गौचन र सागर पुनले १-१ विकेट लिए । करण केसीको स्थानमा मौका पाएका इर्शाद
अहमलले ६ ओभरमा ३० रन दिए भने विकेट लिन सकेनन् । यसअघि नेपालले निर्धारित ५०
ओभरमा ८ विकेट गुमाएर २३२ रन बनायो । नेपालले पहिलो विकेट खाता नै नखोली गुमाएको थियो
। ओपनर अनिल मण्डल पहिलो बलमै एलबीडब्लू धरापमा परे । तेस्रो नम्बरमा ब्याटिङ गर्न
आएका सागर पुन पनि १० रनमै आउट भए । तर, सुवास खकुरेलले सम्हालिएर प्रदर्शन गरे । सुवासले
तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग रनको साझेदारी गरे । ४७ रनको साझेदारी गरे
। मल्ल २३ रनमा आउट भए । कप्तान पारस खड्का मात्र ६ रनमा पभेलियन फर्किएपछि नेपाल फेरि
दबावमा आयो । तर, शरद भेसवाकरले उत्कृष्ट पारी खेले । सुवास र शरदले पाँचौं विकेटका
लागि ५६ रनको साझेदारी गरे । सुवास पाँचौ विकेटका रुपमा ६३ रनमा आउट भए । १०४ बलको
सामना गरेका उनले मात्र २ चौका हाने । सोमपाल कामी ८ र मेहबुब आलम मात्र ३ रन जोडेर
आउट भए । तर, शरदलाई बसन्त रेग्मीले राम्रो साथ लिए । शरद र बसन्तले आठौं विकेटका लागि
५२ रनको साझेदारी गर्दै नेपालको पारी उकासे ।

शरद ७८ रनमा आउट भए । ८३ बलको सामना गरेका
उनले पाँच चौका हानेका थिए । बसन्त २४ र शक्ति गौचन १ रनमा अविजित रहे । पपुवा न्यु
गिनीका लागि भालाले तीन, डाइले दुई र भानुवा, सोपर र रेभाले १–१ विकेट लिए । नेपालसहित स्कटल्यान्ड, युएई, हङकङ, नामिबिया, पपुवा न्युगिनी, केन्या र नेदरल्यान्ड्स
गरी आठ टोलीले एक अर्काबिच २/२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणामा स्कटल्याण्डसँग
खेलेका दुवै खेल हारेको नेपालले यो प्रतियोगिताको चौथो खेल पपुवा न्युगिनीसँग
नै खेल्नेछ । यो खेल बुधबार युएईमा नै हुनेछ । शीर्ष स्थानमा रहेको केन्या, स्कटल्याण्ड
र नेदरल्याण्ड्सको समान ४ खेलबाट ६ अंक छ । पुछारमा रहेको नेपालले भने ३ खेल खेलिसक्दा
पनि कुनै अंक जोड्न सकेको छैन ।
भिडियो हेर्नुहोस् ।
Tuesday, November 17, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...