
आइसिसी
विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो चरणको दोस्रो खेलमा नेपाल पपुवा न्युगिनीसँग
३ विकेटले पराजित भएको छ । पहिलो खेलमा पनि नेपाल २ विकेटले पराजित भएको थियो । टस जितेर ब्याटिङ
रोजेको नेपालले ८ विकेट गुमाएर २ सय २४ रन बनाएको हो । नेपालका लागि
कप्तान पारस खड्काले ८१ बलमा ५ चौकाको मद्धतले ५८ रन बनाए । सागर पुनले ९२ बल खेल्दै
४७ रन बनाए । ज्ञानेन्द्र मल्लले ३६ रन, मेहबुब आलमले १५ बनाए । नेपालका दुबै ओपनर
शून्यमै आउट भएका थिए । निकै बलियो बलिङ प्रस्तुत गरेको पपुवाका लागि भानुवा र
भालाले ३–३ र एस् बाउले २ विकेट लिए । संयुक्त अरब इमिरेट्स युएईको अबुधावीमा
भएको प्रतिस्पर्धात्मक खेलमा पपुवाका भारेको उत्कृष्ट ब्याटिङले नेपाल पराजित भएको
हो । भारेले ९० बल खेल्दै ७६ रन बनाए । पपुवाका लागि उराले २४, एस् बाउले ३६,
भालाले १८, रेभाले ३१ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामीले तीन, वसत्न रेग्मीले
२ साथै सागर पुन र शक्ति गौचनले १–१ विकेट लिए । नेपाल दोस्रो चरणको पहिलो खेलमा
पपुवा न्युगिनीसँगै दुई विकेटले पराजित भएको थियो । यसअघि स्कटल्याण्डमा भएको पहिलो
चरणका दुई खेलमा पनि नेपाल पराजित भएको थियो । स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल
तीन रन तथा दोस्रो खेलमा ९ विकेटले हारेको थियो । प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड,
युएई, हङकङ, नामिबिया, पपुवा न्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोलीले प्रतिस्पर्धा
गर्दैछन् । यी आठ टोलीले हरेक टोलीसँग दुई दुई खेल खेल्नेछन् । सबै खेल सकिएपछि अंक
तालिकाको शीर्ष ६ स्थानमा रहने टोलीले सन् २०१९ को विश्वकप छनौट खेल्न पाउने छन् ।
भिडियो हेर्नुहोस् ।
Thursday, November 19, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...