नागपुर
टेष्टमा भारतलाई पहिलो इनिङमा २१५ रनमा समेटेको लक्षिण अफ्रिकाले पहिलो दिनको खेल सकिँदा
मात्र ११ रन जोड्दा २ विकेट गुमाएको छ । ओपनर स्टीयान वान जिल शुन्य रनमा आउट भए भने
इमरान ताहिर ४ रनमा बोल्ड भए । अर्का ओपनर डेन एलगार ७ रनमा अविजित छन् भने कप्तान
हसिम अमला शून्य रनमा अविजत छन् । नागपुरमा टस जितेर पहिलेे ब्याटिङ गरेको भारतका लागि
ओपनर
मुरली विजयले सर्वाधिक ४० रन जोडे । अफ्रिकी अफ स्पिनर
सिमन हार्मरले ४ तथा
मोर्ने
मोर्कलले ३ विकेट लिए । कुनै समय भारत ६-१२५ को स्थितिमा थियो । तर, विकेट किपर वृद्धिमान
साहाले ३२ तथा रविन्ऽ जडेजा ३४ को योगदान दिँदा २०० रन पार गर्न सक्यो । ओपनर शिखर
धवन १२ रनमै पभेलियन फर्किदा कप्तान विराट कोहलीले २२ तथा अजिन्क्य रहणे १३ रनमा आउट
भए । चेतेश्वर पुजाराले २१ र रोहित शर्माले २ रन बनाए । भारतले पहिलो टेस्ट १०८ रनले
जितेको थियो । वषर्ाले प्रभावित दोस्रो टेष्ट बराबरीमा सकिएपछि ४ टेस्टको सिरिजमा घरेलु
टोली भारत १-० ले अगाडि छ ।
Thursday, November 26, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...