आगामी
माघमा बंगलादेशमा आयोजना हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक
गरिएको छ। प्रतियोगितामा नेपाल कठिन समूहमा परेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल
(आईसीसी)ले सार्वजनिक गरेको खेल तालिकामा नेपाल टेष्ट खेल्ने तीन राष्ट्र रहेको समूह
डीमा परेको छ ।
नेपाल रहेको समूह डीमा अष्ट्रेलिया, भारत र न्यूजिल्याण्ड छ । समूह
‘ए’ मा बंगलादेश, दक्षिण अफ्रिका, स्कटल्यान्ड र नामिबिया रहेका छन्। समूह ‘बी’
मा भने पाकिस्तान, श्रीलंका, अफगानिस्तान र क्यानडा रहेका छन्।
इङ्ल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे र फिजी समूह
‘सी’ मा परेका छन्। विश्वकपमा नेपालले पहिलो खेल माघ १४ गते न्यूजिल्याण्डसँग खेल्नेछ
। दोस्रो खेल १६ गते अष्ट्रेलियासँग भने समूह चरणको अन्तिम खेल भारतसँग हुनेछ
। नेपालले गत महिना मलेसियामा भएको ग्लोबल छनोटको फाइनलमा आयरल्याण्डलाई पराजित गर्दै
विश्वकपमा स्थान बनाएको थियो ।
Thursday, November 26, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...