के
भविष्यमा क्रिकेटमा टसको परिपाटी नै अन्त्य होला ? के क्रिकेटमा फेरी ठूलै बदलावको
तयारी हुँदैछ ? यो प्रश्न यसकारण पनि, क्रिकेट जहाँबाट उदाएर विश्वभर फैलियो
अहिले त्यहीँबाट टस अन्त्य गर्ने बहस सुरु भएको छ ।
फुटबलदेखि
लिएर टेनिस तथा ब्याडमिन्टनदेखि कबड्डीसम्म हरेक खेलमा टसको आफ्नै महत्व छ । अझ क्रिकेटमा
टसको यति महत्व छ, त्यति सायद अन्य कुनै खेलमा होला ।

क्रिकेटमा
टसले हार-जीतको निर्णय निर्णय नै त गर्दैन, तर नतिजालाई दिशा जरुर दिन्छ । समयसँगै
टस क्रिकेटमा एउटा लक फ्याक्टर बनिसकेको छ । कतिपय परिस्थितिमा खेलको नतिजा टससँगै
निर्धारित हुने गरेको बताईन्छ । खासगरी टेस्ट म्याचमा त महत्वपूर्ण कुरा यही हुन्छ,
पीच कस्तो छ र चौंथो पारी कुन टिमले खेल्छ ? टेस्टमा टस जित्नेले म्याच जित्ने
सम्भावना निकै प्रवल हुन्छ । क्रिकेटका अन्य फर्म्याटहरुमा पनि टसले खेलको नतिजामा
निकै ठूलो प्रभाव पार्न थालेको छ । सोही कारण टस नै अन्त्य गर्ने कि भन्ने बहस सुरु
भएको हो । यस बहसको सुरुवात इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इबीसी)को तर्फबाट
भएको हो । अब इंग्ल्याण्डले टसविनाको म्याचको प्रयोगसमेत गर्ने तयारी थालेको छ । यसको
प्रयोग इंग्लीस काउण्टी क्रिकेटको सेकेण्ड डिभिजनबाट हुनसक्ने सम्भावना छ । यदि यस्तो
प्रयोग प्रभावकारी भयो भने इबीसीले डोमेस्टिक क्रिकेटमा यसलाई आधिकारिकता दिनेछ । जसको
सिधा प्रभाव विश्व क्रिकेटमासमेत पर्नेछ । यद्यपी निर्णयको पूरा अधिकार भने आईसीसीमै
छ ।
किन सुरु भयो टस अन्त्य गर्ने बहस ?

सायद
१९९६ विश्वकपमा भारतको हारलाई सायदैले बिर्सिएका होलान् । सेमीफाइनमा भारत र श्रीलंका
आमनेसामने थिए । पहिलेदेखि नै चर्चा थियो जसले टस जित्छ, उसले पहिले ब्याटिङ गर्नुपर्छ,
जित पक्का ! भाग्यले भारतको साथ थियो । अजरुद्धिनले टस जिते, तर भारतीयहरुको बिडम्बना
उनले ब्याटिङ नभएर फिल्डिङ रोजे । सो समय किन उनले फिल्डिङ रोजे भन्ने कुरा अझै पनि
रहस्यको घेरामा छ । अन्त्यमा नतिजा त्यस्तै भयो । जसले पहिले ब्याटिङ गर्यो उसले म्याच
पनि जित्यो र भारत विश्वकपबाट बाहिर । यो त धेरै पहिलेको कुरा भयो । अहिले नै टेस्ट
क्रिकेटलाई हेर्नुस् न केही अपवादहरु बाहेक जसले टस जित्छ, उसले पहिले ब्याटिङ । अनि
नतिजा उसकै पक्षमा जाने पनि लगभग तय । अर्कोतर्फ घरेलु टिमसंग हमेशा मौका हुन्छ, विपक्षी
टिमको कमजोरी र आफ्नो सवल पक्ष पत्ता लगाएर त्यही अनुसारको पिच तयार गर्ने । जसले लक
फ्याक्टरलाई जन्म दिन्छ । क्रिकेटमा पिच र टस फ्याक्टरले लकको भूमिका खेलेको आभास हुन्छ
। त्यसैले यी दुई फ्याक्टरलाई अलग गरेर एक-एक टिमको पक्षमा बाँढ्ने र त्यसो गर्दा लक
फ्याक्टर बाँढिने विश्वाससहित टस अन्त्य गर्ने बहसले गति लिएको हो । टसलाई लिएर ठूलो
आलोचना यसै साल एशेज सिरिजमा भयो । जुन श्रृंखला घरेलु टीम इंग्ल्याण्डले ३-२ ले जित्यो
। ५ मध्ये ३ म्याच टस जित्ने टिमको पक्षमा गयो । अर्को रोचक कुरा के भने कुनै पनि म्याच
पाँच दिनसम्म लम्बिएन । दुई म्याच त तीन दिनभित्रै समाप्त भयो । सोही कारण इंग्लीस
पीचको चर्को आलोचना भयो । अझै ताजा कुरा गर्ने हो भने भारत र दक्षिण अफ्रिकाबीच जारी
श्रृंखलालाई हेर्न सक्छौं । पहिलो म्याच तीन दिनमै सकियो । दोस्रो वर्षाका कारण रद्ध
भयो । तेस्रो पनि पाँच दिनसम्म नलम्बिने सम्भावना छ । भारतले टस जित्दै ब्याटिङ गरिरहेको
छ । पीच आफ्नै खेलाडीहरुलाई फोकस गरेर बनाएको आरोप लागिरहेको छ । पाहुना टोली दक्षिण
अफ्रिका भने सानो भन्दा सानो लक्ष्यसमेत पूरा गर्न नसकेर पराजित । त्यसैले यहाँ पनि
टस र पीच फ्याक्टरले काम गरेको बताईन्छ ।
क्रिकेटमा टसको विकल्प के ?
यदि
टसको अन्त्य गर्ने हो भने त्यसको निकै नै प्रभावकारी विकल्प हुनु जरुरी छ । यस्तैमा
एउटा विकल्पलाई लिएर निकै चर्चा भइरहेको छ । त्यो हो पाहुना टोलीलाई निर्णय गर्ने अधिकार । पाहुना
टोलीले आफू पहिले फिल्डिङ गर्ने कि ब्याटिङ भन्ने निर्णय गर्न पाउनेछ । यस्तो हुँदा
टस फ्याक्टर पाहुना टोली र पिच फ्याक्टर घरेलु टोलीको पक्षमा हुन्छ । जसले शक्ति सन्तुलनलाई
ब्यालेन्स गर्ने विश्वास लिइएको छ । यो बहस अहिले आएरमात्रै सुरु भएको होइन । क्रिकेटका
चर्चित हस्तीहरु रिकी पोन्टिङ, शेन वार्न, इयान बोथम, केभिन पिटर्सन लगायतले यसको पक्षमा
वकालत गरिसेका छन् ।
Friday, November 27, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...