
नेपाल–११
र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को दुई दिवसीय खेल सोमबार बराबरीमा टुंगिएको छ ।
जित–हार नहुने भएपछि दुवै कप्तान १६ ओभर अगाडि खेल बराबरीमा टुंगाउन राजी भएका थिए
। नेपाल–११ ले पहिलो इनिङ्समा २ सय २८ रन बनाएको थियो । जवाफमा एमसीसीले ३७.५ ओभर खेलेर
१७८–९ मा पहिलो इनिङ्स समाप्तिको घोषणा गर्यो । एसेक्स र केन्टका अलराउन्डर डेक्सटरले
७२ रन बनाए । ८४ बल खेलेका उनले १४ चौका र एक छक्का प्रहार गरे । नेपालबाट शक्ति गौचनले
४, करण केसीले ३ तथा विक्रम सोब र इर्शाद अहमदले १–१ विकेट लिए । नेपाल–११ को दोस्रो
इनिङ्स सुरुआत राम्रो रहेन । कप्तान सुवास खकुरेल खाता नखोली आउट भए । नेपालको खातामा
२४ रनमात्र हुँदा नरेश बुढाऐर (९), दिलीप नाथ (८) र शक्ति गौचन आउट भइसकेका थिए । राजेश
पुलामी र दीपेन्द्र ऐरीले पाँचौं विकेटमा ८६ रन जोडेर नेपाललाई बलियो स्थितिमा ल्याए
। पहिलो इनिङ्समा ६० रन बनाएका राजेशले ५९ रन जोडे । ५५ बल खेलेका उनले ९ चौका र १
छक्का प्रहार गरे । नेपाली
यू–१९ का अलराउन्डर दीपेन्द्रले नटआउट ६७ रन बनाए । ७३ बलको उनको इनिङ्समा ६ चौका र
३ छक्का समावेश थियो । प्रदीप ऐरीले १९ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए । ट्वान्टी–२०
नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो क्लबले आज अन्तिम खेल खेल्दै छ । नेपाली
राष्ट्रिय टिमसँग हुने खेल ट्वान्टी–२० संरचनाको हुनेछ । प्रशिक्षक जगत टमाटाले नेपालबाट
कप्तान पारस खड्कासहित प्रमुख खेलाडी मैदानमा उत्रिने बताए । यूएई भ्रमणबाट शुक्रबार
नेपाली टिम फर्किएको थियो ।
Tuesday, November 24, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...