आईसीसी
यू–१९ विश्वकपमा छनोट भएको नेपाल यू–१९ टिमलाई नेपाल क्रिकेट संघ क्यानले नगदसहित सम्मान
गर्ने भएको छ ।
अघिल्लो महिना मलेसियामा भएको आईसीसी यू–१९ विश्वकप छनोटमा नेपालले
फाइनलमा आयरल्यान्डलाई पराजित गरी अर्को वर्ष बंगलादेशमा हुने विश्वकपमा छनोट भएको
थियो । क्यानको आइतबारको बैठकले नेपाली टिमका सबै सदस्यलाई जनही ५० हजार दिने
निर्णय गरेको हो । यू–१९ विश्वकप जनवरी २४ देखि फेब्रुअरी १४ सम्म हुनेछ । क्यानलाई
उक्त अवधिमा २ महिनाका लागि प्रशिक्षक जगत टमाटालाई २५ हजारका दरले विशेष सुविधा उपलब्ध
गराउने भएको छ । यू–१९ विश्वकप तयारीकै क्रममा क्यानले डबल राउन्ड रोबिन लिग म्याच
गर्ने भएको छ । त्यसमा यू–१९ विश्वकप छनोट खेलेका १४ खेलाडी र वैकल्पिक चारलाई स्वत:
राखिनेछ भने बाँकी क्षेत्रबाट आएका खेलाडीबाट ३ टिम बनाई खेलाइनेछ ।
Tuesday, November 24, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...