- फोटो: अन्नपूर्ण पोस्ट देखी ।
काठमाडौं
- शरद भेषावकरले अन्तिम ओभरको पाँचौ बललाई बाउन्ड्री पार गराएका थिए, जुन रनले नेपाललाई
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध सोमबार तीन विकेटको जित दिलाएको
थियो । तर, स्कोरबोर्डमा १ रनमात्र जोडियो । यसले धेरै कौतुहल सिर्जना गर्यो । समान्यत:
बलले बाउन्ड्री पार गरेपछि चौका हुन्छ । त्यसैले सरसर्ती हेर्दा शरदको नाममा ४ रन थपिनुपर्ने
हो । तर, त्यसबेला जेजे स्मिटले त्यस बल फाल्दासम्म नेपाललाई जित हात पार्न १ रन मात्र
आवश्यक थियो । जितका लागि आवश्यक रन प्राप्त भइसकेपछि खेलको मतलब हुन्न । त्यसैले शरदको
शटले चौकाको मान्यता पाएन । शरदले बल प्रहार गरेपछि रन लिने प्रयास नगरेको भए त्यसलाई
चौका मानिन्थ्यो । जितका लागि २ रनको आवश्यकता छ भने त्यसमा १ रनमात्र दौडेर लिएको
अवस्थामा बलले बाउन्ड्री पार गरेको अवस्थामा पनि चौका दिने नियम छ । त्यसतो परिस्थितिमा
दौडेरै २ रन लिइसकेको अवस्थामा भने बलले बाउन्ड्री पार गरेको अर्थ रहदैन र जितका लागि
आवश्यक रहेको २ रनमात्र थपिन्छ । २८ बर्षीय शरदको प्रहारले चौकाको मान्यता पाएको भए
नामिबियाविरुद्ध उनको रन ७७ पुग्ने थियो । उनी १ सय ७ बल सामना गर्दै ५ चौकाको सहयोगमा
७४ रनमा नटआउट रहे । उनको विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्र्गत् अबुधावीमा नोभेम्बर,
२०१५ मा बनाएको ७८ रन लिस्ट ‘ए’ मा व्यक्तिगत उच्च स्कोर हो । नामिबियाविरुद्ध शनिबार
भएको पहिलो खेलमा नेपालको लागि विजय रन जोड्ने क्रममा चौका प्रहार गर्दै अर्धशतक पूरा
गरेका थिए ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...