काठमाडौं
- नामिबियासँग शनिबार(२०७३-०१-०४) र सोमबार(२०७३-०१-०६) दुवै खेलमा जित निकालेपछि नेपाल
८ राष्ट्र समावेश च्याम्पियनसिपको अंक तालिकामा पाँचौं स्थानमा उक्लेको छ । यसअघि स्कटल्यान्ड
र पपुवा न्युगिनीसँगका चारै खेलमा पराजित भएको नेपालले अब ४ देश(नेदरल्यान्ड्स, हङकङ,
केन्या र यूएई)सँग खेल्ने छ । अगस्टमा नेदरल्यान्ड्स र नोभेम्बरमा हङकङविरुद्ध उनीहरूकै
देशमा खेल्नुपर्ने छ । २०१७ मा केन्यासँग हुने खेल नेपालमै हुनेछ । यस्तै यूएईसँगको
खेल तटस्थ भूमिमा हुनेछ ।
२०१९ को विश्वकप छनोटका आधार पनि रहेको च्याम्पियनसिपका शीर्ष
चार टोली २०१८ मा बंगलादेशमा हुने एकदिवसीय विश्वकप छनोट खेलका लागि सोझै पुग्नेछन्
। विश्वकप छनोटका लागि १० राष्ट्रको भिडन्त हुनेछ, जसमा उक्त चार टोलीका साथै एकदिवसीय
अन्तर्राष्ट्रिय वरीयतामा शीर्ष ८ मा नपरेका चार राष्ट्र र डिभिजन २ बाट आउने दुई मुलुकको
खेल हुनेछ । छनोटका शीर्ष २ राष्ट्रले २०१९ को विश्वकप खेल्न पाउने छन् । यी दुई र
एक दिवसीय अन्तर्राष्ट्रिय वरीयतामा रहेका ८ गरी १० देशबीच विश्वकप खेल हुनेछ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...