एजेन्सी
– क्रिकेट खेलको क्रममा चम्किने स्टम्पले प्राय गरी क्रिकेट प्रेमीलाई रोमाञ्चक बनाउँछ
। खेलको क्रममा स्टम्प माथिको रातो चम्किलो प्रकाशमा धेरै दर्शकको ध्यान गएको हुन्छ
। परम्परागत रुपमा क्रिकेटको स्टम्प र त्यसको बेल्स काठबाट बनाइन्छ । तर अहिले
चम्किने विकेटमा प्लाष्टिक पनि मिसाइएको हुन्छ, जसमा लेड लाइट जोडिन्छ । अन्तर्राष्ट्रिय
क्रिकेट परिषद आइसिसीले सन् २०१३ को जुलाइमा अन्तर्राष्ट्रिय क्रिकेट खेलमा चमकदार
विकेट प्रयोग गर्ने अनुमति दिएको थियो । त्यसपछि धेरै घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट
खेलमा यस प्रकारको विकेट प्रयोग हुने गरेको छ । यस्तो विकेट एक दिवसीय क्रिकेटको रोमाञ्चकता
बढाउँछ । तर यो प्रयोग गर्नुको ठूलो व्यवहारिक कारण पनि छ । क्रिकेटको नियम अनुसार
कोही पनि ब्याट्सम्यान आफ्नो त्रिजभन्दा बाहिर रहे र स्टम्प झर्यो भने आउट हुन्छन्
। यसमा विकेट जानुको मतलव, बेल्स वा गिल्ली झर्नु वा भत्किनु हो ।
ब्याट्सम्यान आउट
हुनका लागि बेल्सको दुवै तर्फको भाग विकेटबाट अलग हुनु पर्छ । तर रेफ्रीलाई बेल्स अलग
भएको वास्तिविक समय थाहा पाउन मुश्किल हुन्छ । अब भने यो मुश्किल रहने छैन । जिंक विकेट
सिस्टमको नयाँ उपकरणले गर्दा यो काम सजिलो भएको छ । यसमा बेल्स र विकेटबिच जुन बेला
सम्पर्क विच्छेद हुन्छ, त्यही बेला बेल्स चम्किन्छ । यो सिस्टम अस्ट्रेलियाका
एक पूर्व क्रिकेटर ब्रोन्ट एकरम्यानले तयार पारेका हुन् । उनलाई यसको प्रेरण भने छोरीको
खेलौनाबाट मिलेको हो । त्यो खेलौना झण्डै क्रिकेट बलकै आकारको थियो, त्यसमा एलइडी लाइट
जडान भएको थियो । यो प्रविधि अनुसार क्रिकेटको बेल्समा कम भोल्टेजको ब्याट्री जडान
गरिन्छ र प्रत्येक गिल्लीमा माइक्रोप्रोसेसर रहेको हुन्छ । यही माइक्रोप्रोसेसरले
विकेट र बेल्सबिच सम्पर्क विच्छेद भएको समय पत्ता लगाउँछ । यस सिस्टममा
बेल्समा एक सेकेण्डमा हजारौं भागमा प्रकाश देखिन्छ । एकरक्यान भन्छन् ‘पानी परोस्,
झड्का लागोस वा कम्पन होस् बेल्समा प्रकाश आउँदैन । बेल्समा प्रकाश त्यो बेला मात्रै
आउँछ, जुन बेला यसको दुवै तर्फको भाग विकेटबाट छुट्टिन्छ ।’ यसरी सम्पर्क विच्छेद भएपछि
माइक्रोप्रोसेसरले विकेटमा रेडियो सिग्नल जान्छ र विकेटमा प्रकाश देखिन्छ । यो सिस्टम
भन्दा अघि धेरै ब्याट्सम्यान आउट नभएको अवस्थामा पनि आउट भएका थिए वा कोही ब्याट्सम्यान
आउट भएपनि जीवनदान पाएका थिए । तर अब भने यस्तो हुँदैन । यो आधुनिक प्रविधिको विकासमा
हजारौं अस्ट्रेलियन डलर खर्च भएको छ । यसले काठको कमजोर विकेटलाई बेल्सलाई एक महंगो
उपकरणमा बलियो ।
– स्रोत : बिबिसी हिन्दी
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...