एजेन्सी
– पाकिस्तानी ट्वेन्टी–ट्वेन्टी क्रिकेट टिमका कप्तान शाहिद अफ्रिदीले आइसिसी ट्वेन्टी–ट्वेन्टी
विश्वकप क्रिकेटमा टिमको खराब प्रदर्शनका लागि पाकिस्तानी नागरिकसँग माफी मागेका छन्
। अफ्रिदीले आफ्नो आधिकारिक फेसबुक पेजमा भिडियो सन्देश पोस्ट गरेर
टिमको खराब प्रदर्शनका लागि नागरिकसँग माफी मागेका हुन् । भिडियो सन्देशमा उनले भनेका
छन् ‘आज शाहिद अफ्रिदी पाकिस्तानका सबै नागरिकसँग माफी चाहन्छ । तपाईंहरुलाई म तथा
मेरो नेतृत्वको टिमबाट जुन आशा थियो त्यसमा म पूर्ण रुपले प्रस्तुत हुन सकिन ।’ कप्तान
अफ्रिदीले आफ्ना आलोचकलाई जवाफ दिँदै भनेका छन् ‘भोलि के हुन्छ, मलाई थाहा छैन ।
मेरो
बारेमा कसले के भन्छ भन्ने पनि चासो छैन । म पाकिस्तानी नागरिकप्रति मात्रै जवाफदेही
छु । अरु कसैका लागि होइन ।’ गएको २० वर्षदेखि पाकिस्तानको जर्सी लगाएर मैदानमा जाँदा
पाकिस्तानी नागरिकको भावना लिएर जाने गरेको पनि उनले बताएका छन् । कोलकातामा भारतीय
टिमसँग पराजित भएपछि पाकिस्तानी क्रिकेट प्रशंसकले अफ्रिदीको आलोचना गरेका थिए । उनको
विरोधमा प्रदर्शन पनि भएको थियो । अफ्रिदीको यो सन्देशपछि धेरै प्रशंसकले उनको समर्थन
गरेका छन् । तर केहीले भने उनी असफल कप्तान रहेको भन्दै सन्यास लिन सुझाव दिएका छन्
।
हेर्नुहोस् पुरा भिडियो:
Wednesday, March 30, 2016
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...