आउँदो
बर्ष भारतमा आयोजना हुने ट्वान्टी–ट्वान्टी विश्वकपको छैटौं संस्करणमा छनोट हुन सकेको
खण्डमा प्रत्येक नेपाली क्रिकेट खेलाडीले २ लाख ५० हजार रुपियाँ पाउनेछन । ट्वान्टी–ट्वान्टी
विश्वकप छनोट खेल्न नेपाली टोली मंगलबार इङ्ल्यान्डतर्फ उड्नुअघि युवा तथा खेलकुद मन्त्रालयका
सचिव दीपेन्द्रनाथ शर्माले यसको जानकारी दिँदै भने– “पुरस्कारसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्मा
लगिसकेका छौ ।“ नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपमा छनोट भए टोलीका प्रत्येक सदस्यलाई
२ लाख ५० हजार प्रदान गर्ने घोषणा गरेको थियो । नेपालले समूह ‘ए’ मा घरेलु आयरल्यान्ड,
हङकङ, पपुवा न्युगिनी, नामिबिया, अमेरिका र जर्सीसँग खेल्दैछ । गत बर्ष बंगलादेशमा
आयोजना भएको ट्वान्टी–ट्वान्टी विश्वकपमा नेपाल पहिलो पल्ट सहभागी भएको थियो ।
*नेपालको
छनोट खेल*
२५
असार– विरुद्ध अमेरिका
२६
असार– विरुद्ध नामिबिया
२८
असार– विरुद्ध आयरल्यान्ड
३०
असार– विरुद्ध हङकङ
१
साउन– विरुद्ध पपुवा न्युगिनी
२
साउन– विरुद्ध जर्सी
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...