एजेन्सी
- इङ्ल्यान्डमा सन् २०१९ मा हुने विश्वकप क्रिकेटमा
१० टोलीले मात्र प्रतिस्पर्धा गर्ने भएका छन्। सन् २०११ देखि १४ टोलीबीच विश्वकप
क्रिकेट हुँदै आएको थियो। यद्यपि आइसीसीका कार्यकारी प्रमुख डेभ रिचर्डसनले टेस्टमान्यता
नपाएका आयरल्यान्ड जस्ता टोलीले राम्रो प्रदर्शन गरे २०१९ को विश्वकप खेल्ने टोली बारेमा
पुनर्विचार गर्न सकिने बताएका छन्। तर बार्बाडोसमा हुने आइसिसीको वार्षिक सम्मेलनमा
विश्वकपको फर्म्याटबारे छलफल हुनेछैन। आयोजक इङ्ल्यान्डसँगै एकदिवसीयको विश्व वरीयताका
आधारमा उत्कृष्ट ७ र अन्य दुई टोली बंगलादेशमा हुने छनोट खेलबाट छानिने छन्। आइसिसीको
प्रतियोगिता गर्ने प्रणालीले आयरल्यान्डलाई भने घाटा पुगेको छ। टेस्ट मान्यताप्राप्त
वेस्ट इन्डिज र जिम्बावे जस्ता टोलीलाई हराएको आयरल्यान्डलाई भने आइसिसीको निर्णयले
अबको विश्वकपमा छनोट हुन कठिन हुनेछ।

आयरल्यान्डले पछिल्लो तीन विश्वकप खेल्दै आएको
थियो। यसैगरी २०१५ को विश्वकप खेलेका स्कटल्यान्ड, अफगानिस्तान र युएई जस्ता राष्ट्रको
छनोट थप कठिन बन्नेछ। अस्ट्रेलियाले २०१५ को विश्वकप जित्दा भारतीय टोलीका हस्ती
सचिन तेन्दुलकर, राहुल द्रविड र न्युजिल्यान्डका पूर्व कप्तान मार्टिन क्रोले विश्वकपमा
सहभागी हुने टोलीको संख्या घटाउने निर्णय विपरीत मत राखेका थिए। विश्वकप फाइनलमा दौरान
रिचर्डसनले प्रसारण सम्झौताका लागि १० टिम राख्ने निर्णय गरेको बताए। उनले भने, ‘हामी
एकदिवसीयमा उत्कृष्ट टोलीबीच प्रतिस्पर्धा होस भन्ने चाहन्छौं। चाहे त्यो ८, १० वा
१२ टिमचीच होस। हामी एसोसिएट राष्ट्रलाई निरुत्साहित बनाउन चाहँदैनौं।'
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...