
विश्व
क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो चरणको खेलको मिति तय भइसकेको छ । त्रिवि क्रिकेट
मैदानमा सुविधाहरु थपिँदै गर्दाको निर्माण कार्य अझै सम्पन्न नभएको अवस्थामा विश्व
क्रिकेटको सर्वोच्च संस्थाले सर्त राखेकाले नेपालको पपुवा न्यूगिनीसँगको खेल हुनेमा
अन्योलता थपिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले यस साता दोस्रो चरणको
खेल तालिका प्रकाशित गर्दा नेपाल र पपुवा न्यूगिनीबीचको खेल नोभेम्बर २८ र ३० लाई तोकेको
थियो । सो अनुसार खेल कीर्तिपुरमा हुनेछ । तर आईसिसीले त्यसका लागि पूर्वाधार, सुरक्षा
र आईसिसीको स्वीकृति जस्ता सर्तसहित नेपाललाई आयोजनाको जिम्मा दिएको छ । आईसिसीले लगातार
दोस्रो प्रतियोगिता नेपालले आयोजना गर्ने क्रममा रहँदा सर्त तोकेको हो । केही महिना
अगाडि आईसिसी यू–१९ क्रिकेट विश्वकप छनोट प्रतियोगिताको आयोजना नेपाललाई दिँदा पनि
सर्त तोकेको थियो । भूकम्पको असरपछि प्रतियोगिता मलेसियामा सारिएको थियो । नेपालको
च्याम्पियनसिपमा पपुवा न्यूगिनीसँगको खेल आउन ९७ दिन बाँकी छ । आईसिसीले बनाएको नियमानुसार
आयोजक राष्ट्रले च्याम्पियनसिपको खेल सुरु हुनु ९० दिन अगाडि आयोजनाका लागि तयार छौं
भनेर आईसिसीमा जानकारी गराउनुपर्ने हुन्छ । कान्तिपुर दैनिकमा बिनोद पाण्डेले खबर लेखेका
छन् ।
Wednesday, August 26, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...