
बिहीबार
कोलम्बोमा हुने टेस्ट सांगाकाराको अन्तर्राष्ट्रिय क्रिकेटमा अन्तिम हुनेछ । गत वर्ष
बंगलादेशमा भएको विश्व ट्वान्टी–२० श्रीलंकाबाट सांगाकाराको छोटो भर्सनमा अन्तिम खेल
थियो । भाद्र १, २०७२- कुमार सांगाकारा स्कुल क्रिकेट खेल्दै निपुण थिए । उनको प्रतिभा
त्यही समय पहिचान भइसकेको थियो । उनी स्कुल पढ्दा देखि नै क्लब स्त्तरीय क्रिकेट खेल्न
लागिसकेका थिए । उनी एउटा टोलीका कप्तान थिए । टस गर्न गए । टस जितेमा ब्याटिङ रोज्ने
टिमको निर्णय भइसकेको थियो । ‘हेड अर टेल’ निर्णय पनि उनकै पक्षमा आयो । तर टस जितेर
फर्किदा उनी न्याउँरो अनुहार लगाएर फर्किए । उनको टोलीका साथीहरुले पनि सांगाकाराको
यो उदासिनताका कारण बुझ्न सकेनन् । पछि थाहा भयो, विपक्षी कप्तानले टस जितेर ब्याटिङ
गर्ने निर्णयमा सांगाकाराले झपारेछन् । त्यसपछि त्यही विपक्षी टोलीले पहिला ब्याटिङ
गर्ने निर्णय गरेछ । विपक्षी टोलीका कप्तान अरु कोहि नभएर सांगाकाराका बुबा थिए । सांगाकाराले
त्यसपछि कुनै कप्तानको त के विरलै विपक्षी बलरको दबाबमा रहे । राम्रा ब्याट्सम्यानको
आ–आफ्नै गुण हुन्छ । प्राय गरी ब्याट्सम्यान विपक्षी बलरमाथी हावी हुँदा उनीहरु आक्रामण
रुपमा प्रस्तुत हुने गर्छन् । सांगाकारा टेक्निकले बलरको दिशा बिगारी दिन्थे । ‘टेक्निकली
साउन्ड’ मानिएका देव्रेहाते ब्याट्सम्यान यीनै सांगाकाराले श्रीलंकाको भारतसँगको दोस्रो
टेस्टपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिदैंछन् । बिहीबार कोलम्बोमा हुने टेस्ट
सांगाकाराको अन्तर्राष्ट्रिय क्रिकेटमा अन्तिम हुनेछ । गत वर्ष बंगलादेशमा भएको विश्व
ट्वान्टी–२० श्रीलंकाबाट सांगाकाराको छोटो भर्सनमा अन्तिम खेल थियो । त्यहाँ उनले श्रीलंकालाई
विजेता नै बनाएको थियो । फाइनलमा भारतविरुद्ध उनले ५२ रनको अविजित विजयी इनिङ्स खेलेका
थिए । अस्ट्रेलियामा मार्चमा सम्पन्न विश्वकपपछि उनले एकदिवसीय अन्तर्राष्ट्रियबाट
संन्यास लिए ।

श्रीलंका क्वार्टरफाइनलबाटै बाहिरियो । तर सांगाकाराले लगातार शतकको
कीर्तिमान बनाए । यसअघि एकदिवसीयमा कसैले पनि लगातार चार शतक प्रहार गर्न सकेका थिएन्
। कोलोम्बोमा अन्तिम टेस्टमा सांगाकाराबाट फेरी यस्तै अपेक्षा गरिएको छ । तर धेरै समय
विकेटकिपरको रुपमा पनि खेलेका सांगाकाराले आफ्नो खेल जीवनमा धेरै पाइसकेका छन् । १
सय ३३ टेस्ट खेल्दै उनले १२ हजारभन्दा बढी रन बनाएका छन् । उनी टेस्टमा सवैभन्दा चाँडो
१२ हजार रन बनाउने खेलाडी हुन् । टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउनेमा उनी पाँचौ नम्बरमा
छन् । उनको टेस्ट औषत ५७ भन्दा माथि छ । टेस्टमा ५ हजारभन्दा बढी रन बनाउनेमा अस्ट्रेलियाका
डन ब्रेडम्यान, इङ्ल्यान्डका केन बेरिङटन र वाली हेमन्ड तथा वेस्ट इन्डिजका ग्यारी
सोबर्सको औषतमात्र सांगाकाराको भन्दा बढी छ । सांगाकाराले टेस्टमा ११ दोहोरो शतक प्रहार
गरेका छन् । ब्रेडम्यानको भन्दा यो एकमात्र कम हो । सांगाकारा यसअघि नै टेस्टबाट संन्यासको
नजिक पुगिसकेका थिए । तर यसै वर्ष न्युजिल्यान्डविरुद्ध बेसिन रिजर्भमा २ सय ३ रन बनाए
। यसले पनि सांगाकारालाई ब्रेडम्यानको दोहोरो शतकको कीर्तिमान बराबरी गर्नलाई लोभ्याएको
थियो । तर विश्वकपपछि सांगाकारा श्रीलंकाबाट खेल्दा त्यस्तो फर्ममा देखिएका छैनन्,
जस्तो उनी पहिला थिए । इंङलिस काउन्टीमा उनी सरेका लागि खेलिरहेका छन् । त्यसैले उनले
पाकिस्तानविरुद्धको घरेलु शृंखलामा ३ मध्येको २ टेस्टमात्र खेले । अहिले भारतसँगको
घरेलु शृंखलामा पनि उनले त्यही गरिरहेका छन् । भारतसँगको अन्तिम टेस्ट सांगाकाराले
खेल्ने छैनन र उनी सरेमा फर्किने छन् । श्रीलंकाकै पूर्व कप्तान माहेला जयबद्र्धनेसँग
उनको नाम उत्कृष्ट जोडीको रुपमा आउछन् । २००६ मा सांगाकारा र जयबद्र्धनेले सिंहालिज
स्पोर्टस क्लब मैदानमा दक्षिण अफ्रिकाविरुद्ध ६ सय २४ रनको साझेदारी गरेका थिए, जुन
टेस्ट क्रिकेटकै सवैभन्दा ठुलो साझेदारी हो । जयबद्र्धनेले विश्वकपपछि नै आफ्नो खेलाडी
जीवन टुंगाएका थिए । यी दुई भेट्रानको अनुपस्थितिमा श्रीलंका क्रिकेटमा केही समयका
लागि ब्याटिङमा ठुलो खाडल पर्नसक्छ ।
Thursday, August 20, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...