मलेसियामा
जारी १९ वर्ष मुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपाल र अफगानिस्तानबीच अहिले खेल
भैरहेको छ । टस जितेर नेपालले ब्याटिङ गरिहेको छ । क्वालालम्पुरमा जारी खेलमा नेपाल
जितको लक्ष्यसहित मैदान उत्रिएको छ । नेपालले शुक्रबार भएको पहिलो खेलमा युएईलाई १
सय ४९ रनले हराउँदै उत्कृष्ट सुरुवात गरेको छ । आजको खेलमा अफगानिस्तानलाई पनि
हराउँदै नेपाल विजयी यात्रालाई कायमै राख्न चाहान्छ । तर अफगानिस्तान तुलनात्मक रुपमा
बलियो टिम भएकाले जित त्यती सहज भने हुनेछैन । अफगानिस्तान साविक विजेता पनि हो । प्रतियोगितामा
नेपाल र अफगानिस्तानसँगै युएई, मलेसिया र साउदी अरेयिबा सहभागी छन् । नेपाली टोलीका
लागि यो प्रतियोगिता युवा विश्वकपको तयारीका रुपमा पनि छ । यो प्रतियोगिताको शीर्ष
तीनमा रहने टीमले आउँदो अक्टोबर महिनामा हुने १९ वर्षमुनिको एसिया कपमा खेल्न पाउने
छन् । १९ वर्षमुनिको विश्वकप छनौट प्रतियोगिता आउँदो अक्टोबर १४ देखि २३ सम्म मलेसियामै
हुँदैछ ।
Saturday, August 29, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...