
नेपाली
वलर चम्केपछि १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले विजयी सुरुवात
गरेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले युएईलाई १ सय ४९ रनको फराकिलो
अन्तरले पराजित गर्यो । नेपालले दिएको २ सय रनको विजयी लक्ष्य पछ्याएको युएई २०
दशमलब ५ ओभरमा मात्र ५० रनमा अल आउट भयो । युएईका कप्तान वरुना परेराले ३२ र जाफ्री
जफारदानले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
युएईलाई झिनो योगफलमा समेट्नका लागि ७ ओभर बलिङ गरेका सुसिल कँडेलले मात्र ७ रन खर्चेर
सर्वाधिक ४ विकेट लिए । त्यस्तै सौरभ खनालले ३ र प्रेम तामाङले २ विकेट लिए । यसअघी
मलेसियाको क्वालालम्पुरमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमबल
२ ओभरमा १ सय ९९ रन बनाएको हो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ६२, सौरभ
खनालले २४,अरिफ शेखले २२, दिपेन्द्र सिंह ऐरीले २० र प्रदिप सुनारले १८ रन बनाए ।
६५ रनमा ५ विकेट गुमाएको नेपालका लागि कप्तान रिजालले छैटौ विकेटका लागि दिपेन्द्र
सिंह ऐरी र सौरभ खनालसँग समान ५२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोर तर्फ
लगेका थिए । नेपालले शनिबार बलियो प्रतिद्धन्द्धी अफगानिस्तान विरुद्ध खेल्नेछ
। प्रतियोगितामा नेपाल र अफगानिस्तानसँगै युएई, मलेसिया र साउदी अरेयिबा सहभागी छन्
। नेपाली टोलीका लागि यो प्रतियोगिता युवा विश्वकपको तयारीका रुपमा पनि छ । यो प्रतियोगिताको
शीर्ष तीनमा रहने टीमले आउँदो अक्टोबर महिनामा हुने १९ वर्षमुनिको एसिया कपमा खेल्न
पाउने छन् । १९ वर्षमुनिको विश्वकप छनौट प्रतियोगिता आउँदो अक्टोबर १४ देखि २३ सम्म
मलेसियामै हुँदैछ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...