
मलाई
सबैभन्दा बढी मन पर्ने खाना नेपाली खाना हो । त्यसमा पनि थकाली खाना उत्तम लाग्छ ।
खाना ‘कम्प्लिट’ भयो भने त्यसको स्वाद फरक हुन्छ । थकाली खानामा त्यो ‘कम्प्लिटनेस’
पाइन्छ । मलाई मासुविना भात खान मनै लाग्दैन । तर, मासु नियमित भने हुँदैन । सातामा
तीन दिनजति ‘ग्रेभी चिकेन–भात’ हुन्छ । मेरो ‘ब्रेकफास्ट’ ‘हेभी’ छ । बिहान कनफ्लेक्स र दुई/तीनवटा अन्डा खान्छु । अनि एक
गिलास दूध पिउँछु । त्यसपछि ‘लन्च’मा थकाली खाना । बिहान ‘ननभेज’ भए पनि दिउँसो म
‘भेज’ हुन्छु । दाल–तरकारीसँग ‘लन्च’ हुन्छ । मलाई पिरो त्यति मन पर्दैन । रमरम पिरो
भने ठिकै लाग्छ । गोलभेँडामा टिमुर राखेको अचार निकै स्वादिलो लाग्छ । टिमुर अचारले
त खानाको स्वाद नै बदलिदिन्छ नि ? मलाई मन पर्ने परिकार म:म हो । ‘चिकेन’ र ‘मटन’ म:म
खान मन लाग्छ । तर, बाहिर रेस्टुरेन्टमा धेरै खान्नँ, एक प्लेट भए पुग्छ । मेरी श्रीमती
म:म बनाउन माहिर छिन् । घरमा म:म बन्दा म एकैपटक तीन प्लेटसम्म खान्छु । मलाई खाना
पकाउन असाध्यै मन लाग्छ । साँझ घरमै भएँ भने म आफैँ ‘डिनर’ तयार पार्छु । म आफैँ खाना
पकाउँदा ‘चिकेन आइटम’ बनाउँछु । विशेष गरी ‘इन्डियन ग्रेभी’ चिकेन । तरकारीमा भिन्डी
र भेन्टा बढी मन पर्छ । यी दुवै परिकारमा प्याज म अलिक धेरै नै राख्छु । मलाई रेस्टुरेन्टमा
गएर खान मन लाग्दैन । गएँ भने पनि साथीहरूसँगको जमघटमै मात्र हो । रेस्टुरेन्टमा मेरो
‘फस्र्ट अर्डर’ अम्बाको जुस हुन्छ । अरू जुस मलाई त्यति मन पर्दैन । परिवारसँग रेस्टुरेन्टमा
जाँदा धेरैमा दुई/चार हजारसम्म खर्च भएको छ । विवाह तथा अन्य भोजभतेरमा मलाई जान त्यति
मन लाग्दैन । त्यस्ता भोजमा खानामा चिल्लो बढी हुन्छ । मलाई चिल्लो मन पर्दैन । कुनै
भोजभतेरमा गएँ भने ‘फम्र्यालिटी’का लागि केही खाएजस्तो गर्छु । त्यसमा चिल्लोरहित खाना
छान्छु । घरमै खाना तयार पार्नु ल भनेको हुन्छु, भोजबाट फर्केपछि खान्छु । मलाई फलफूल
पनि त्यतिकै मन पर्छ । मनै नपर्ने तरकारी भनेको करेला हो । त्यसैले, म यो कम खान्छु
। म कहिलेकाहीँ ‘ड्रिंक्स’ लिन्छु । मलाई स्प्राइटको स्वाद मन पर्छ । अरूको खासै ठीक
लाग्दैन । विदेशको यात्रामा पछिल्लो समय खासै समस्या परेको छैन । केही वर्षअघिसम्म समस्या पथ्र्यो
। आफैँ खोजी–खोजी खानुपथ्र्यो । आजभोलि भने विश्वको जुनसुकै कुनामा पनि भनेजस्तै खाना
पाइन्छ । मलाई मलेसिया मन पर्ने देश हो । त्यहाँ खानाको कुनै समस्या छैन । ‘इन्डियन’
खाना त्यहाँ पाइन्छ । त्यसपटक युरोपको भ्रमणमा पनि हामीलाई खानाको समस्या परेन । त्यहाँका
नेपालीले हामीलाई नेपाली खानाकै प्रबन्ध मिलाउनुभयो । खबर नयाँ
पत्रीका दैनीक
देखी । (श्रीलोचन राजोपाध्यायले गरेको
कुराकानीमा आधारित)
Tuesday, September 8, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...