एजेन्सी
- अस्ट्रेलियाका अलराउन्डर सेन वाट्सनले टेस्टबाट सन्न्यास लिएका छन् । चोटका कारण
टेस्ट करिअर अगाडि बढाउन नसक्ने जनाउँदै वाट्सनले आइतबार सन्न्यासको घोषणा गरेका हुन् । इंग्ल्यान्डविरुद्धको
टेस्ट सिरिजमा चोट बोकेपछि उनले टिम म्यानेजर र कप्तानसँग छलफल गर्दै सन्न्यास लिएको
बताएका छन् । सन् २००५ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका वाट्सनको अन्तिम टेस्ट कार्डिफ रह्यो ।
वाट्सनले ५७ टेस्टमा ३ हजार ७ सय ३१ रन जोडेका छन् । उनले चार शतक तथा ३३ अर्धशतक बनाएका
छन् । उनले ७५ विकेट पनि हात पारे । ‘गत महिना नै सन्न्यास लिने योजना थियो, तर वातावरण मिलेको थिएन,’ वाट्सनले भने, ‘सन्न्यास
लिने यो नै सही समय थियो, वास्तवमा सन्न्यास लिनु त्यति सहज होइन ।’ इंग्ल्यान्डविरुद्ध
सिरिज चलिरहँदा अस्ट्रेलियाका माइकल क्लार्क, रायन ह्यारिस तथा क्रिस रोजर्सले सन्न्यास
लिइसकेका छन् । अर्को महिना अस्ट्रेलियाले बंगलादेश भ्रमण गर्दा चारै दिग्गज खेलाडी
हुने छैनन् ।
Tuesday, September 8, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...