भातीय टेष्ट टीमका कप्तान विराट कोहली फेरि एक पटक विवादमा तानिएका
छन् । यस पटक उनले भारतीयहरुले क्रिकेटका भगवान मान्ने मास्टर ब्लास्टर सचिन तेन्दुल्करको
बारेमा एउटा टि्वट गरे, जसका कारण उनी क्रिकेट समर्थकहरुको निसानामा परेका हुन् । अत्याधिक
आलोचना भएपछि विराटले परिस्थितलाई मध्यनजर गर्दै ९ घण्टापछि अर्को टि्वट गरेर
आफ्नो कुरालाई मोड्ने कोशिश गरे, तर सचिनलाई भगवान मान्ने समर्थकहरु यत्तिकै चुप लाग्न
पक्षमा थिएनन् । त्यसपछि पनि विराटको तिब्र आलोचना जारी रह्यो ।
के
हो खास कुरा ?
सचिनले टि्वट गर्दै लेखेका थिए, ‘हेलो विराट कोहली, म पनि खेल्न
चाहन्छु ….. ।‘ यसपछि विराटले जवाफ दिए, ‘तपाईंसँग आवश्यक योग्यता छ भन्ने कुरामा म
आश्वस्त छैन, सचिन पाजी ….. ।‘ कोहलीले कुन सेन्समा यो कुरा लेखे त्यो उनी नै जानुन्,
तर उनको यस्तो जवाफले समर्थकहरु नराम्ररी रिसाए । समर्थकहरुले सचिनको समर्थन गर्दै
विराटको आलोचना गरिरहे । अति भएपछि विराटले अर्को टि्वट गरे, ‘मेरो हिसाबले त सचिनको
कुनै सीमा छैन । तपाईं के सोच्नुहुन्छ ?’ रिसाएका समर्थकहरुलाई थुम्थुम्याउने
विराटको यो प्रयासले खासै काम गरेन । उनका फलोअरहरु सचिनको योग्यतामा प्रश्न उठाउने
विराटको बेवकुफीसँग अझै रिसाईरहेका थिए ।
सचिनले
यसकारण गरेका थिए टि्वट !
विराट हालै आईपीटीएल (इन्टरनेशनल प्रीमियर टेनिस लिग) टिङ्ग यूएई
रोयल्सको सह-मालिक बनेका छन् । १७ पटकका ग्रान्डस्लाम विजेता रोजर फेडेरर पनि उनको
टीममा छन् । सचिनको टेनिस प्रेमबारे त तपाईंले सायद सुन्नु नै भएको होला । यसैकारण
रमाइलो गर्नका लागि नै सचिनले टीमका को-ओनर विराट कोहलीलाई मेन्सन गरेर आफू पनि खेल्न
चाहेको लेखे । सायद विराटले पनि बुझेरै तपाईंको योग्यता छैन भनेका हुन सक्छन् । तर,
स्पष्टसँग कुन खेल भनेर नलेखिएकाले समर्थकहरुले क्रिकेट नै सोचे अनि विराटको तिब्र
आलोचना गरे । कुरा बूझिसकेपछि पनि समर्थकहरुले कुनै पनि खेलमा विराटले सचिनको योग्यतामाथि
प्रश्न उठाउने हैसियत नबनाएको भन्दै आलोचना गरिरहेका छन् । स्मरण रहोस्, सचिन टेनिस
स्टार रोजर फेडेररको नजिकका साथी हुन् । उनी फुर्सद हुँदा फेडेररको खेल हेर्न विम्बल्डनमा
पुग्ने गरेका छन् ।
Thursday, September 17, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...