अनिल मण्डल, क्रिकेटर

मलाई सबैभन्दा धेरै कालो रङ मन पर्छ । कालो कपडा
नै मलाई सुहाउँछ पनि । झन्, ‘ब्ल्याक एन्ड ह्वाइट’ भयो भने गजब देखिन्छु । यो ‘कम्बिनेसन’ले
सबैको व्यक्तित्व झल्काउँछ । त्यसबाहेक मलाई ‘सफ्ट कलर’ अत्यन्त मन पर्छ । ‘ग्रे’,
‘सफ्ट ब्लु’ पनि मन पर्छ । तर, पहेँलो मनै पर्दैन । मलाई ‘जिन्स पाइन्ट’ ‘कम्फर्टेबल’
लाग्छ । त्यसमा पनि कालो जिन्स मेरो पहिलो रोजाइमा पर्छ । मसँग जिन्स पाइन्टको एउटा
राम्रो कलेक्सन पनि छ । तर, सामान्य जिन्स पाइन्ट होइनन्, अधिकांश ब्रान्डेड छन् ।
नेपालमा पाइने सबैजसो ब्रान्डका जिन्स छन्, मसँग । टिम्बरल्यान्ड, लिवाइजलगायतका ब्रान्ड
मलाई मन पर्छन् । त्यसमा पनि मेरो पहिलो रोजाइ ‘ब्ल्याक’ नै हुन्छ । ‘ब्ल्याक’ पाइनँ
भने ‘सफ्ट ब्लु जिन्स’ किन्छु । नयाँदिल्लीमा ३८ सय भारतीय रुपैयाँ पर्ने पाइन्टसम्म
किनेको छु । ‘सपिङ’ औधी मन पर्छ मलाई । नेपालमै होस् या विदेशमा सपिङ गर्न अत्यन्त रुचाउँछु । सिंगापुरको
त्यो ‘सपिङ’ अहिले पनि झलझल्ती सम्झन्छु । त्यतिवेला मैले साढे दुई लाखको ‘सपिङ’ गरेको
थिएँ । परिवारका सबै सदस्यका लागि ‘सपिङ’ गरेको थिएँ, त्यतिवेला । विदेशमा सामान ‘ब्रान्डेड’
पाइन्छन् । त्यसैले, म नेपालमा भन्दा बढी विदेशमा सपिङ गर्न रुचाउँछु । ‘गेम’ खेल्न
जाँदा म ‘सपिङ’का लागि पहिले नै छुट्टै पैसा लिएर जान्छु । मेरो ‘सपिङ ह्याबिट’ देखेर
कहिलेकाहीँ साथीहरू नै छक्क पर्नुहुन्छ । मलाई मन पर्ने कपडा म आफैँले छान्ने हो ।
अरूको लहलहैमा लागेर किनिहाल्दिनँ । पहिले आफूलाई ‘म्याच’ गर्छ कि गर्दैन भनेर हेर्छु
। ‘कलर कम्बिनेसन’ चित्त नबुझेसम्म म कुनै पनि कपडा किनिहाल्दिनँ । काठमाडौंमा ‘ट्रेनिङ’
हुँदा हामी नक्सालस्थित होटेल क्राउन प्लाजामा बस्छौँ । वरिपरि राम्रा ‘सपिङ कम्प्लेक्स’
छन् । सिटी सेन्टर निकै नजिक छ । त्यहाँ म धेरैपटक गएको छु । कहिलेकाहीँ न्युरोडतिर
पनि गएको छु । खेलाडी भएकाले पार्टीमा निम्तो बारम्बार आउँछ । त्यस्तो पार्टीमा जाँदा
म ‘क्याजुअल ड्रेस’ रुचाउँछु । पार्टी ड्ेरसका लागि मैले २८ सयसम्म पर्ने जुत्ता किनेको
थिएँ । खबर नयाँ पत्रीका देखी ।
Thursday, September 17, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...