
दिपेन्द्र
सिंह ऐरी र शौरभ खनालको १३० रनको साझेदारीसँगै नेपालले एसीसी यू-१९ पि्रमियर लिग क्रिकेटमा
कुवेतमाथि ८३ रनको फराकिलो जित हात पारेको छ । दुई सय ५१ रनको लक्ष्य पछ्याएको कुवेत
निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ६७ रनमा समेटिएपछि नेपाल विजयी भएको हो ।
नेपालका प्रेम तामाङ र सुशील कँडेलले दुई दुई विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी
र आरिफ शेखले एक एक विकेट लिए । कुवेतका मोहम्मद मेजन अलीले सर्वाधिक ८४, मुश्ताक अहमदले
२२, एलेन थोमस र बिलाल ताहिरले समान १३ तथा नोमन बुड्रुले १२ रन बनाए । अरु ब्याट्सम्यानले
दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा
आठ विकेट गुमाएर दुई सय ५० रन बनायो । ६६ रन बनाउँदा ६ विकेट गुमाएको नेपाललाई दिपेन्द्र
सिंह ऐरी र सौरभ खनालले सातौं विकेटका लागि एक सय ३० रनको साझेदारी गरेका थिए । नेपालका
लागि ऐरीले सर्वाधिक ८५, सौरभ खनालले ७३ र प्रेम तामाङले नटआउट २३ रनको योगदान दिए
। यस्तै कप्तान राजु रिजालले १५, सुनिल धमलाले ११, शंकर रानाले ८ तथा आषिश धामीले चार
रन बनाए । आरिफ शेख र राजवीर सिंह रनको खाता नै नखोली आउट भए । कुवेतका मोहम्मद फौजीले
तीन र शाहरुख कुडासले दुई विकेट लिए । यसअघि खेलेका तीन खेल मध्ये दुईमा जित र एकमा
हार बेहोरेको थियो । कुवेतमाथिको जितसँगै नेपालले शीर्ष तीनमा रहँदै १९ वर्षमुनिको
एसिया कपमा सहभागिता जनाउने सम्भावना बलियो भएको छ । चार खेल सकिँदा नेपाल ६ अंक सहित
दोस्रो स्थानमा छ भने समान ६ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । चार खेल नै जितेर
८ अंक जोडेको अफगानिस्तान पहिलो स्थानमा छ । नेपालले बिहीबार साउदी अरेयिबासँग खेल्नेछ
।
Wednesday, September 2, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...