
नेपाल
क्रिकेट संघ (क्यान) ले यु–१९ टोलीका लागि नयाँ खेलाडीको खोजी सुरु गरेको छ। मलेसियामा
पछिल्लो साता सम्पन्न एसिसी यु–१९ प्रिमियर लिग दौरान टोलीमा देखिएको कमजोर पक्षलाई
मध्यनजर गर्दै खेलाडी छनोटका लागि क्यानले दुईवटा अभ्यास खेल आयोजना गरेको बताएको छ।
मलेसियामा प्रिमियर लिगमा दोस्रो भएको नेपाली टोलीमा मुख्यतः ओपनिङमा समस्या परेको
थियो। ओपनिङमा चार खेलाडीलाई गरिएको प्रयोग सफल भएको थिएन। नेपालले अर्को महिना मलेसियामा
आइसिसी यु–१९ विश्व कप छनोट (अक्टोबर १४ देखि २३) मा प्रतिस्पर्धा गर्दैछ। छनोटमा नेपालसहित
आयरल्यान्ड, पपुवा न्युगिनी, युगान्डा र अमेरिकाले प्रतिस्पर्धा गर्दैछन्। तीमध्येबाट
विजेता टोलीमात्र विश्वकपका लागि छनोट हुनेछ। यु–१९ विश्वकप अर्को वर्ष बंगलादेशमा
हुँनेछ। अभ्यास खेलका लागि क्यानले थप ८ खेलाडीलाई बोलाएको छ। त्यसमा मुख्यतः शीर्षक्रमलाई
लक्षित गरेर खेलाडी बोलाइएको छ। बोलाइएका खेलाडीमा केही बलर पनि छन्। अहिले टोलीमा
रहेका १४ खेलाडी र वैकल्पिक ४ खेलाडी अभ्यास खेलमा सहभागी छन्। क्यानका कार्यावाहक
महासचिव उत्तम कर्माचायले विश्वकप छनोटलाई लक्षित गरेर नयाँ खेलाडी बोलाइएको बताए।
विश्वकप छनोटका लागि बिहीबार टोलीको अन्तिम छनोट हुनेछ। यु–१९ का प्रशिक्षक जगत टमाटाले
अहिलेकै तयारीले विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न कठिन हुने बताउँदै आएका छन्। ‘एसिसी
प्रिमियर लिगमा हामीले जुन स्तरको प्रदर्शन गर्यौं , त्यो विश्वकप छनोटका लागि पर्याप्त
हुँदैन,’ उनले भने, ‘त्यहाँ अझै बढी चुनौती हुनेछन्। त्यसलाई मध्यनजर गर्दै खेलाडी
छनोटको लागि यो अभ्यास खेल गरेका हौं।’ ‘हामीले मुख्यतः शीर्षक्रममा ब्याट्म्यानको
खोजिका लागि यो अभ्यास खेल गरेको हौ। यसमा केही प्रतिभावान खेलाडी देखिए टोलीलाई राम्रो
हुनेछ,’ उनले भने, ‘हामीले चाहेजस्तो खेलाडी देखिएनन् भने पुरानो टोली छँदैछ।’ नागरिक दैनिकमा खबर छ ।
Wednesday, September 9, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...