
एजेन्सी
- श्रीलंका क्रिकेट वोर्डले अर्को महिना हुने वेस्ट इन्डिज भ्रमणका लागि सोमबार जेरोम जयारत्नेलाई राष्ट्रिय टोलीको अन्तरिम प्रशिक्षकका रुपमा नियुक्त गरेको छ। घरेलु मैदानमा भारतसँगको
शृंखला गुमाएपछि मार्भन अत्तापट्टुले गत साता राजीनामा दिएका थिए। भारतले १९९३ मा मोहम्मद
अजरुद्धिनको कप्तानीमा १–० ले जितेपछि श्रीलंकामा टेस्ट शृंखला जितेको यो पहिलो पटक
थियो। ४९ वर्षे जयारत्ने श्रीलंकाको मुख्य प्रशिक्षक हुन सक्छन, तर तत्कालका लागि उनलाई
अन्तरिम प्रशिक्षको रुपमा नियुक्त गरिएको श्रीलंका क्रिकेटको विज्ञप्तीमा उल्लेख छ।
उनलाई 'अक्टोबर/नोभेम्बरमा हुने वेस्ट इन्डिज भ्रमण'का लागि अनुवन्ध गरिएको विज्ञप्तीमा
जनाइएको छ। ४४ वर्षे अत्तापट्टुले आफ्नो समयावधी सकिनुअघि पद त्यागेपछि नियुक्त भएका
जयारत्ने पछिल्लो पाँच वर्षमा श्रीलंकाको सातौं प्रशिक्षक हुन्। इङ्ल्यान्डका पाउल
फार्बेसलाई स्थानान्तरण गर्दै अत्तापट्टुले गत वर्ष सेप्टेम्बरमा प्रशिक्षकको जिम्मा
सम्हालेका थिए। त्यसअघि अत्तापट्टु इङ्ल्यान्डका सहायक प्रशिक्षक थिए। २०१० पछि ट्रेभोर
बेलिस, स्टुवार्ट ल, रुमेश रत्नायके, जियोफ मार्स र ग्राहम फोर्डले श्रीलंकाको प्रशिक्षण
सम्हालीसकेका छन्।
Wednesday, September 9, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...