अन्तराष्ट्रिय
क्रिकेट काउन्सिल (आईसीसी)ले टी-२० क्रिकेट खेलाडीहरुको र्याङ्किङ सार्वजनिक गरेको
छ । ब्याटिङतर्फ भारतका विराट कोहली शीर्ष स्थानमा आएका छन् । अष्ट्रेलियाका एरोन
फिन्च दोस्रो स्थानमा झरेका छन् । नेपालका कप्तान पारस खड्का र शरद भेसवाकर टप १००
मा परेका छन् । कप्तान पारस ७४ औं नम्बरमा छन् भने शरद भेसवाकर ८३ औं नम्बरमा छन् ।
पारसले श्रीलंकाका लाहिरु थिरिमाने, इंग्ल्याण्डका मोइन अली, भारतका रोविन उथप्पलाई
समेत उछिनेका छन् । थिरिमाने ७६, अली ७७ र उथप्पा र्याङ्किङमा ८२ औं नम्बरमा परेका
छन् । शरदले बंगलादेशका महमुदुल्ला, वेष्टइण्डिजका डरेन ब्राभो, आरयरल्याण्डका निल
ओ’ब्रायनलाई पछि पारेका छन् । अष्ट्रेलियाका स्टिभ स्मिथ ९६ औं स्थानमा परेका छन् ।
बलिङतर्फ बसन्त रेग्मी ७० औं नम्बरमा परेका छन् । शक्ति गौचन ८१ र सोमपाल कामी ८४ औं
नम्बरमा परेका छन् ।
Friday, September 4, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...