
एजेन्सी: वेस्टइन्डिज क्रिकेट बोर्डले सिनियर टोलीका प्रशिक्षक
फिलिप सिमोन्सलाई बर्खास्त गरेको छ । सिनियर
टोलीबाट आसलाग्दो नतिजा नआएको जनाउँदै बोर्डले प्रशिक्षक सिमोन्सलाई हटाइएको हो । दुई
सातापछि वेस्टइन्डिज टोली श्रीलंका भ्रमणमा निस्कँदै छ । बोर्डले प्रशिक्षक र अन्य
अफिसियलबाहेक खेलाडी पठाउने तयारी गरेको एजेन्सीले जनाएको छ । गत मार्चमा अस्ट्रेलिया
र न्युजिल्यान्डले आयोजना गरेको एकदिवसीय विश्वकप क्रिकेटका लागि सिमोन्स प्रशिक्षकमा
नियुक्त भएका थिए । प्रशिक्षकविना श्रीलंका भ्रमण गर्न लागेको वेस्टइन्डिज टोलीको नेतृत्व
कप्तान जासन होल्डेरले गर्नेछन् । २३ वर्षीय होल्डरको कप्तानीमा वेस्टइन्डिजले १४ अक्टोबरमा
श्रीलंकाविरुद्ध पहिलो टेस्ट खेल्नेछ । यता, बर्खास्तमा परेका प्रशिक्षक सिमोन्सले
बाहिरी शक्तिका कारण आफू कारबाहीमा परेको जनाएका छन् । श्रीलंकाविरुद्धको एकदिवसीय
खेलका लागि सिमोन्सले अलराउन्डर ड्वाने ब्राभो र किरण पोलार्डलाई बाहिर राखेका थिए
। तर, बोर्डका निर्देशक क्लिभ लोयर्डले आफ्नो प्रस्ताव अस्वीकार गरेको सिमोन्सले बताए
। गत जनवरीमा ब्राभो र पोलार्डलाई दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा बाहिर राखिएको थियो
। ‘बोर्डले यस किसिमको निणर्य गर्छजस्तो लागेको थिएन,’ सिमोन्सले भने, ‘ममाथिको कारबाही
बाह्य शक्तिका कारण भएको हो ।’ एकदिवसीय क्रिकेटमा वेस्टइन्डिजलाई शक्तिशाली बनाउन
सबै प्रयास भएको उनले जनाए । ‘मैले टोलीलाई बलियो बनाउने सक्दो कोसिस गरेँ तर आज ममाथि
नै अन्याय भएको छ,’ उनले भने, ‘बोर्डको निर्णय सुन्दा दु:ख लाग्यो ।’
Wednesday, September 30, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...