
मलेसियामा यसै महिना सुरु हुने आईसीसी यू-१९ विश्वकप क्रिकेट छनोटको
अभ्यास खेलका लागि भारतमा रहेको नेपाली टोलीले त्यहाँ पाँचवटा अभ्यास खेल खेल्ने भएको
छ। नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारीअनुसार नेपाली टोलीले मंगलबार विजय
दहिया क्रिकेट एकेडेमीसँग पहिलो अभ्यास खेल खेल्नेछ।नेपालले सोही टोलीसँग बुधबार पनि
अभ्यास खेल खेल्नेछ। नेपालले अक्टोबर ३ तारिखमा एलबी शास्त्री क्रिकेट क्लबको यू-१९
टोलीसँग तेस्रो अभ्यास खेल खेल्नेछ। यसैगरी अक्टोबर ७ तारिखमा आरपी क्रिकेट एकेडेमी
र अक्टोबर ९ तारिखमा नजफगर क्रिकेट एकेडमीको यू-१९ टोलीसँग नेपालले प्रतिस्पर्धा गर्नेछ।
विश्वकप छनोट खेल अक्टोबर १३ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा
नेपालले अमेरिका, युगान्डा, आयरल्यान्ड र पपुआ न्युगिनीको सामना गर्नेछ। राउन्ड रोबिन
लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष टोली आगामी वर्ष आयोजना हुने आईसीसी
यू-१९ विश्वकपमा छनोट हुनेछ। नेपालले हालसम्म ६ पटक आईसीसी यू-१९ विश्वकप खेलेको छ।
नेपाली टोली सन् २००० देखिका लगातार पाँचवटा यू—१९ विश्वकपमा सहभागी भएको थियो । नेपालले
सन् २००९ यता भएका तीनवटा यू-१९ विश्वकपमध्ये एउटामात्र खेल्ने अवसर पाएको छ। अन्नपूर्ण
पोस्ट देखी खबर लिएको हो ।
Wednesday, September 30, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...