नेपालको
यु-१९ क्रिकेट टोली एसीसी यु-१९ एसिया कपका लागि छनोट भएको छ । मलेसियामा जारी एसीसी
यु-१९ प्रिमियर लिगको शीर्ष तीनमा पर्ने टोली एसिया कपका लागि छनोटमा परेका हुन् ।
मंगलबारको खेलमा नेपालले कुबेतलाई ८३ रनले हराएपछि प्रिमियर लिगमा नेपाल तेस्रो स्थानमा
पर्ने पक्का भएको हो । नेपाली टोलि एसिया कपका लागि छनोटमा परेको मलेसियामा रहेका अन्तर्राष्ट्रिय
क्रिकेट अम्पायर सत्यजित सरकारले जानकारी दिए । नेपालसँगै
अपगानिस्तान र मलेसिया पनि प्रिमियर लिगको शीर्ष तीनभित्र पर्दै एसिया कपको लागि छनोटमा
परेका छन् ।
Wednesday, September 2, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...