एजेन्सी
- क्रिकेटर युवराज सिंह अहिले वेलायती मोडल एवं अभिनेत्री हेजल कोचसंग डेटिङमा छन् । ३३ वर्षीय यी खेलाडी
कुनै वेला बलिउड नायिकासंगको सम्बन्धको कारण चर्चित थिए । अभिनेत्री एवं मोडल किम शर्मासंग
गहिरो हिमचिम बढाएका युवराजको दीपिका पादुकोणसंग पनि केही समय दोस्ती थियो । सुजुकीको
विज्ञापनमा मोडलिङ गरेका युवराज पछिल्लो पटक गर्लफ्रेण्ड फेरी फेरी हिंड्ने खेलाडीका
रुपमा चिनिन थालेका छन् । केही मिडियाले युवराज र हेजलले हालै लण्डनमा छुट्टी मनाएको
उल्लेख गर्दै सार्वजनिक स्थानमा उनीहरुको उपस्थिती भएको लेखेको छ । तर, दुबैले अहिलेसम्म
आफ्नो सम्बन्ध रहेको कुरा लुकाउदै आएका छन् । बेलायती पिता र मारिशियन आमाकी छोरी हेजल
रियालिटी शो बिग बोसको सातौं संस्करणमा सहभागी भएकी थिईन् ।
Wednesday, September 9, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...