अमेरिका
पुगेर निशा अधिकारीले कपाल खौरीँदा नेपालमा खुब चर्चा चल्यो । अनेक खाले अनुमान गरियो
। कपाल दान गरेको उनले खुलासा गरिन् । सबै अनुमान गलत साबित भयो । उनी अमेरिका रहे
पनि नेपालमा उनको चर्चा चलीरहेकै छ । केहि समय घुमघामका लागि अमेरिका पुगेको पनि उनले
खुलासा गरिसकेकी छिन् । केहि दिन अघि मात्र उनले किलीमान्जरो हिमाल चढ्ने घोषणा गरेकी
छिन् । बालबालिकालाई न्यानो कपडा संकलनका लागि अफ्रिकाको उक्त हिमाल चढ्ने उनले बताएकी
छिन् । उनले यस अघि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी छिन् । कपाल
खौरिएपछि मुडुलो देखिएको निशाको टाउकोमा कपाल बढ्दै छन् । कपाल खौरिएको थाहा पाउनेहरुले
उनको कपाल कति लामो भयो ? यो प्रश्न सोधेर हैरान गर्छन । यस्तो जिज्ञासा राख्नेहरुलाई
उनले फेसबुकमार्फत एउटा फोटो सार्वजनिक गरेकी छिन् । कपाल लामो नभएपनि कोर्न थालेको
उनले जानकारी पनि दिएकी छिन् । सबै कपाल एउटै लम्बाईमा बढ्छ जस्तो लागे पनि त्यस्तो
नभएको प्रति उनले आश्चार्य प्रकट गरेकी छिन् ।
Wednesday, September 9, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...