एजेन्सी - दक्षिण अफ्रिकन क्रिकेट टीम आफ्नो लामो भ्रमणका क्रममा
भारतमा छ । यसक्रमा उसले एकदिवसीय र ट्वान्टी-ट्वान्टी श्रृंखलामा कब्जा जमाईसकेको
छ । अब ४ टेष्ट म्याचको सिरिज हुनेछ । लामो भ्रमणका क्रममा रहेका अफ्रिकन खेलाडीहरु
भारतमै मस्ति गरिरहेका छन् ।
यसबीचमा बलिउडकी चर्चित नायिका
प्रिती जिन्टा दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मिलरसँग रेस्टुरेन्टमा भेटिएकी
छिन् । एक रेस्टुरेन्टमा सँगै खाना खाँदै गरेको तस्वीर इन्टरनेटमा भाइरल बनेको छ ।
त्यतिमात्रै नभएर यी दुई पछिल्लो केही दिनयता सँगसँगै देखिन थालेका छन् ।
स्मरण रहोस्,
प्रिती जिन्टा आईपीएल टीम किंग्स इलाभेन पञ्जावकी को-ओनर समेत हुन् । मिलर उनकै टीमका
लागि आईपीएल खेल्छन् । यी दुई स्टार किन बारम्बार संगै भेटिन थालेका छन् भन्नेबारे
यकिन त छैन, तर भारतीय मिडियाहरुले उनीहरु एक अर्कासँग डेटमा रहेको आसयका समाचारहरु
प्रकाशन तथा प्रशारण गरिरहेका छन् ।
Saturday, October 31, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...