यस वर्ष एक करोड बजेट विनियोजन,
विस्तृत योजना बन्दै
लमहीमा
बन्न लागेको क्रिकेट मैदानको स्केच
दाङ देउखुरीको लमहीमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदानको विस्तृत
योजना बनाउन सुरु गरिएको छ । लमहीको रातोडाँडामा बन्ने क्रिकेट मैदानका लागि यस बर्ष
एक करोड बजेट विनियोजन गरिएको छ ।
डा. बाबुराम भट्टराईको कन्सेप्ट
एक दशक अघि नै अन्तर्राष्ट्रियस्तरको क्रिक्रेट मैदानको परिकल्पना
गर्दै पूर्व-पश्चिम राजमार्गले छोएको लमहीमा जग्गा छुट्याइएको थियो । तत्कालीन माओवादी
नेता डा. बाबुराम भट्टराईले रातोडाँडामा लमहीको टाउनप्लानिङको ‘कन्सेप्ट’ तयार पारेका
थिए । सोही टाउनप्लानिङ भित्र ९५ मिटर रेडियसमा क्रिकेट मैदान बनाउन जग्गा छुट्टाइएको
हो । उक्त क्रिकेट मैदानमा १५ मिटरको प्याराफिटसमेत परिकल्पना गरिएको छ ।
एक करोड बजेट बिनियोजन
यस बर्ष एक करोड रुपैयाँ बजेट छुट्याएर क्रिक्रेट मैदानको दीगो
भौतिक पूर्वाधार विस्तारकालागि विस्तृत गुरुयोजना बनाउन थालिएको छ । लमही नगर विकास
समितिले ८० लाख र खेलकुद मन्त्रालयले २० लाख रकम छुट्टयाएका हुन् । त्यसअघि मैदान निर्माणमा
७० लाख बढी खर्च भैसकेको छ । नगर विकास समितिले आन्तरिक कोषबाट ५ लाख रुपैयाँ खर्च
गरेर डिजाइन गर्न डाइमेन्सन इञ्जिनिरिङ्ग कन्सल्टेन्सीलाई जिम्मा दिएको छ । ‘कन्सल्टेन्सी
र समितिबीच अहिले डिजाइनको विषयलाई लिएर छलफल भैरहेको छ,’ लमही नगर विकास सिमितिका
अध्यक्ष सुवेदीले अनलाइनखबरसँग भने, ‘अब बन्ने योजनालाई आधार मानेर मैदानमा बजेट खर्च
गरिने छ ।’ सो रकम बन्दै गरेको विस्तृत योजनाअनुसार खर्च गरिने छ । मैदानलाई तत्काल
स्थानीयस्तरको खेल प्रतियोगिता आयोजना गर्नेसम्म बनाउने लक्ष्य राखिएको छ । त्यसपछि
थप आर्थिक स्रोत र दाताको खोजी गरी मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने दीर्घकालीन
योजना बनाइएको छ ।
क्यानले ध्यान नदिएको गुनासो
लमहीमा
अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन भनेर छुट्टाइएको जग्गा
२०५७/५८ सालमा एथलेटिक्स खेलको लागि भनेर जग्गा छुट्याइएको भए
पनि क्रिक्रेट खेलको क्रेज बढेपछि योजना परिवर्तन गरी क्रिक्रेट मैदानको रुपमा विकास
गरिएको थियो । त्यसका लागि क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)ले पनि पहल गरेको थियो
। तर, पछि क्यानको साथ नपाउँदा हालसम्म पनि क्रिकेट मैदानले पूर्णता नपाएको लमही नगर
विकास समितिका सव-इन्जिनियर तुलसीराम अर्यालले बताए । ‘स्थानीयस्तरमा छलफल गरी योजना
परिवर्तन गरियो र क्रिक्रेट मैदान बनाउने तर्फ सबैको ध्यान गयो,’ सब इन्जिनियर अर्यालले
भने, ‘क्यानको आश्वासनमा धेरै काम समितिले आफै पनि गर्यो तर, पछि क्यानले चासो नदिँदा
समस्यामा परिएको हो ।’ मैदान निर्माण गर्न र क्यानलाई स्वामित्व हस्तान्तरण गर्न समिति
तयार भएपनि अन्तिममा आएर क्यानले बेवास्ता गरेको लमही नगर विकास समितिको ठहर छ । अहिले
उक्त क्रिकेट मैदान गौचरण र ड्राईभिङ सिक्ने थलोको रुपमा परिणत भएको छ । स्थानीय खेलाडीहरु
सार्वजनिक चौर, सडकमा क्रिक्रेट खेल्न बाध्य छन् । खबर अनलाइनखबर देखी ।
Saturday, October 31, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...