नेपाली यू–१९ क्रिकेट टिमले दिल्लीमा लगातार भारतमा पाँचौं अभ्यास
खेल पनि जितेको छ । अर्को महिना मलेसियामा हुने आईसीसी यू–१९ क्रिकेट विश्वकप छनोटको
तयारीका लागि भारतमा रहेको नेपालले शुक्रबार एलबी शास्त्री क्रिकेट क्लबलाई १६ रनले
पराजित गर्यो । टस जितेको नेपालले भारत नगर मैदानमा ४९ ओभरमा १ सय ७८ रनमा सबै
विकेट गुमायो । नेपालबाट आरिफ शेखले ३७, दीपेन्द्र ऐरीले २३, योगेन्द्र कार्कीले २१
र सन्दीप सुनारले १७ रन बनाए । विपक्षी टिमका वासुले ४ विकेट लिए । जवाफमा आएको एलबी
शास्त्री ४३.२ ओभरमा १ सय ६२ रनमा अलआउट भयो । नेपालबाट दीपेन्द्रले ३, ललितनारायण
राजवंशी र आरिफले २–२ तथा प्रेम तामाङले १ विकेट लिए । एलबी शास्त्रीका नितिन तिवारीले
७३ रन बनाए पनि आफ्नो टिमलाई जिताउन सकेनन् ।
Saturday, October 10, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...