दोस्रो टी–२० मा दक्षिण अफ्रिकाले भारतलाई ६ विकेटले पराजित गरेको
छ । यसअघी धर्मशालामा भएको पहिलो टी-२० क्रिकेटमा भारतलाई ७ विकेटले पराजित गरेको
थियो । भारतले दिएको २०० रनको लक्ष्य दक्षिण
अफ्रिकाले दुई बल बाँकी छँदा भेटाएको थियो । यससँगै उसले तीन म्याचको सिरिज २–० ले
आफ्नो पक्षमा पारेको छ ।
पहिले व्याटिङ गरेको भारत १७.२ ओभरमा ९२ रन जोड्दा अलआउट भयो
। पहिलो खेलमा १०६ रनको शानदार पारी खेलेका रोहित शर्मा २२ रनमा डेभिड मिलरको शानदार
थ्रोमा रन आउट भए । विरोट कोहली मात्र १ रन बनाएर आउट भए । १० ओभरमा भारतले ४
विकेट गुमाइसकेको थियो र, ५८ रन बनाएको थियो ।
शिखर धवन ११ रन बनाए भने अम्बाती रायडूले
खाता नै खोल्न सकेनन् । सुरेश रैनाले २२ रन बनाए । तर, कप्तान महेन्द्रसिंह धोनीले
मात्र ५ रन बनाए । भारतलाई सस्तैमा समेट्ने क्रममा मोर्कलले १२ रन दिएर ३ विकेट लिए
भने इमरान ताहिरले २४ रन दिएर २ तथा क्रिस मौरिसले १६ रन दिएर २ विकेट लिए ।
जवाफमा
दक्षिण अफ्रिकाले १७.१ ओभरमा ४ विकेट गुमाएर ९३ रनको लक्ष्य भेट्टायो । कटकमा भएको
खेलमा दक्षिण अफ्रिका जित नजिक पुगेपछि आक्रोसित दर्शकहरुले मैदानमा पानीको बोटल हानेका
कारण खेल केहीबेर रोकिएको थियो । दक्षिण अफ्रिकालाई ५४ बलमा २९ रन चाहिएको अवस्थामा
दर्शकले मैदानमा पानीको बाटल हाने, जसका
कारण खेल २७ मिनेट रोकियो । जेपी डुमिनीले अविजित ३० रन बनाए । हासिम अमला मात्र दुई
रनमा पभेलियन फर्किए । एबी डिबिलियर्स १९ र फाप डुप्लेसीले १६ रन बनाए । भारतका आर
अश्विनले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...