नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)
मा स्पष्टीकरण बुझाएको छ । नेपाली क्रिकेटमा देखिएको पछिल्लो तनावपूर्ण स्थितिलाई लिएर
राखेपले शुक्रबार क्यानसँग ५ दिनभित्र बुझाउनु भनेर १५ दिने लिखित स्पष्टीकरण सोधेको
थियो । राखेप सदस्य सचिव केशवकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालले क्यानले
सबै बुँदाको उत्तर लेखेर पठाए पनि त्यसबारे छलफल हुन बाँकी रहेको बताए । अघिल्लो साता
विष्टले कप्तान पारस खड्कालगायत खेलाडीसँग अन्तक्र्रिया गरेका थिए । त्यसपछि खेलकुद
मन्त्री पुरुषोत्तम पौडेल र विष्टले क्यानका बारेमा एक साताभित्र निर्णय गरिसक्ने बताएका
थिए । त्यसको भोलिपल्ट मन्त्री पौडेलले राजीनामा दिएका थिए । तर परिषद्ले क्यानमाथि
स्पष्टीकरण सोधेको थियो । क्यानमाथि ठूलो कदम चाल्नु अगाडि यो स्पष्टीकरण सोधेको बताइएको
छ । कान्तिपुर
दैनिक देखी खबर ।
Saturday, October 10, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...