
देशको प्रतिकूल अवस्थाका कारण यसपटक पनि राष्ट्रिय क्रिकेट प्रतियोगिता
नहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले असोज अघिल्लो सातादेखि राष्ट्रिय प्रतियोगिता
गर्ने भनेर मिति तोकी सबै जिल्ला र क्षेत्रलाई खबर गरेको थियो । तर भारतको अघोषित नाकाबन्दीका
कारण प्रतियोगिता स्थगित गरिएको बताइएको छ । क्यानले आइतबारदेखि सुपर लिग प्रतियोगिता
आयोजना गर्ने भएको छ । त्यसमा क्यानसँग अनुबन्धित २३ गरी ६० खेलाडी खेल्ने क्यानका
चिफ अप्रेटिङ अफिसर छुम्बी लामाले बताए । उनले जिल्लाबाट खेलाडी आउने क्रम सुरु भइसकेको
र शनिबारसम्म सबै खेलाडी काठमाडौं आइपुग्ने जानकारी गराए । सुपर लिग पपुवा न्युगिनीसँग
हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली टोलीको छनोटको आधार हुनेछ । नेपालले
नोभेम्बर १६ र १८ मा पपुवा न्युगिनीसँग अबुधाबीमा खेल्नेछ । ६० खेलाडीलाई ५ टिम
बनाएर खेलाइने भएको छ । त्यसमा १ टिममा १२ खेलाडी हुनेछन् । पाँच फरक प्रशिक्षकले टिम
सम्हाल्नेछन् । प्रमुख प्रशिक्षक पुबुदु दसानायकेसहित अन्य प्रशिक्षक मिलेर खेलाडी
छान्नेछन् । राउन्ड रोबिनका आधारमा एकले अर्को टिमसँग खेल्नेछ । त्यसपछि दोस्रो चरणमा
३० खेलाडी छनोट हुनेछन् । त्यहाँ ३ देखि ४ खेल खेलेपछि अन्तिम १४ खेलाडी छनोट गरिने
क्यानले जनाएको छ । कान्तिपुर
दैनिक देखी खबर ।
Saturday, October 10, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...