एजेन्सी – अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल जोनसनले अन्तराष्ट्रिय
क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अस्ट्रेलिया
र न्युजिल्याण्डबिच अहिले चलिरहेको टेस्ट क्रिकेट नै उनको अन्तिम खेल हुनेछ ।
‘गुडवाइ भन्ने यो नै उपयुक्त समय हो’ जोनसनले भने, मैले देशका लागि खेल्दा हरेक क्षण
आनन्द लिएँ ।’
३४ वर्षका जोनसनले अष्ट्रेलियाको चौथो सर्वाधिक विकेट टेकरका रुपमा मैदान
छाड्दैछन् । उनले ७७ टेष्टमा ३११ विकेट लिएका छन् । टेष्ट क्रिकेटमा उनको उत्कृष्ट
प्रदर्शन २०१४ मा दक्षिण अफि्रकाविरुद्धको टेष्टमा १२-१२७ हो, जुन खेल अष्ट्रेलियाले
जितेको थियो । आफ्नो टोलीले हार्दा उनले २००८ मा दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा ६१
रन दिएर ८ विकेट लिएका थिए । उनले १५३ वन डे र ३० टी-२० पनि खेलेका छन् ।
वन डेमा उनले
२३९ विकेट लिएका छन् भने टी-२० मा ३८ विकेट उनको नाममा छ । यो टेस्टमा उनले खासै राम्रो
प्रदर्शन गर्न सकेका छैनन् । जोनसनले न्युजिल्याण्डसँगको जारी खेलमा २८ ओभरमा एक सय
५७ रन दिएर मात्रै एक विकेट लिएका छन् ।
Tuesday, November 17, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...