आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले बुधबार पपुवा
न्युगिनीसँग दोस्रो खेल खेल्दैछ । संयुक्त अरब इमिरेट्स युएईको अबुधावीमा
हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । सोमबार पपुवा न्युगिनीसँगै
भएको पहिलो खेलमा पराजित भएको नेपाल दबाबमा छ ।
पहिलो खेलमा
नेपाल दुई विकेटले पराजित भएको थियो
। यसअघि स्कटल्याण्डमा भएको पहिलो पहिलो चरणका दुई खेलमा पनि नेपाल पराजित भएको थियो
। स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल तीन रन तथा दोस्रो खेलमा ९ विकेटले हारेको थियो
। प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, युएई, हङकङ, नामिबिया, पपुवा न्युगिनी, केन्या
र नेदरल्यान्ड्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्दैछन् । यी आठ टोलीले हरेक टोलीसँग
दुई दुई खेल खेल्नेछन् । सबै खेल सकिएपछि अंक तालिकाको शीर्ष ६ स्थानमा रहने टोलीले
सन् २०१९ को विश्वकप छनौट खेल्न पाउने छन् । प्रशिक्षक पदबाट राजिनामा दिइसकेका पुबुदु
दासानायकेका लागि बुधबारको खेल नेपालको प्रशिक्षकको रुपमा अन्तिम खेल हुनेछ । प्रशिक्षक
दासानायकेले बुधबारको खेल जित्न हरसम्भव प्रयास गर्ने र त्यही अनुसार तयारी गरिएको
बताएका छन् ।
Wednesday, November 18, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...