
प्रधानमन्त्री
केपी शर्मा ओलीले प्रशिक्षक पुबुदु दासानायकेको बिदाइ गरेका छन् । प्रधानमन्त्री ओलीले
शनिबार बालुवाटारस्थित आफ्नो सरकारी निवासमा पुबुदुको बिदाइ गरेका हुन् । झन्डै चार
वर्ष नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गरेका पुबुदुलाई
प्रधानमन्त्री ओलीले ढाकाटोपी लगाएर बिदाइ गरेका थिए । प्रधानमन्त्री ओलीले प्रशिक्षक
पुबुदुलाई खुकुरी उपहार दिएका थिए । प्रधानमन्त्री ओलीले प्रशिक्षक पुबुदुलाई आफूले
राष्ट्रका तर्फबाट बिदाइ गरेको बताए । झन्डै आधा घन्टा लामो बिदाइ कार्यक्रममा प्रधानमन्त्री
ओली र पुबुदुबीच नेपाली क्रिकेटका बारेमा कुराकानी भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री
ओलीले पुबुदुसँग ‘नेपालले फेरि विश्वकप खेल्ला ?’ भनी प्रश्न गरेका थिए । पुबुदुले
प्रधानमन्त्री ओलीलाई खेलाडीले नेपाललाई फेरि विश्वकपमा पुर्याउने जवाफ दिएका थिए
। त्यसमा व्यवस्थापनको भूमिकाबारे भने आफूले जवाफ दिन नसक्ने बताएका थिए । प्रधानमन्त्री
ओलीले आफू नेपाली क्रिकेटमा पुबुदुले पुर्याएको योगदान, नेपाल क्रिकेट संघ (क्यान)को
कमजोरी तथा खेलाडी र पदाधिकारीहरूबीचको सम्बन्धका बारेमा जानकार रहेको बताएका थिए ।
उनले नेपाली क्रिकेटको अवस्था सुधार हुने बताउँदै पुबुदुको प्रयास खेर नजाने बताएका
थिए । प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि पुबुदुको सहयोग अझै आवश्यक रहेको
बताए । उनले पुबुदुलाई बिदाइभन्दा पनि निमन्त्रणा सम्झन आग्रह गरेका थिए । पुबुदु शनिबार
नै क्यानाडा फर्किएका छन् । नयाँ पत्रिका देखी खबर लिएको हो ।
Sunday, November 29, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...