एजेन्सी
- नामिबियाका पूर्व कप्तान रेमन्ड भान स्कुअर ब्याटिङ गर्दै गर्दा ब्रेन स्ट्रोक भएपछि
निधन भएको छ । नामिबियाका पूर्वकप्तानसमेत रहेका रेमोन्ड गत १५ नोभेम्बरमा राष्ट्रिय
टोलीबाट दक्षिण अफ्रिकाको टोलीविरुद्ध एक दिवसीय खेल खेल्ने क्रममा मैदानमै ढलेका थिए
।
त्यसपछि उनलाई उपाचारका लागि अस्पताल पुर्याइएको थियो । २५ वर्षे उनलाई बुधबार आईसीयूमा
राखिएको थियो । नामिबिया क्रिकेट संघका अध्यक्ष रिचार्ड फ्रांकलले देशले आफ्नो
बहुमूल्य सम्पत्ति गुमाएको प्रतिक्रिया दिएका छन् । शुक्रबार क्रिकेट नामिबियाले
विकेट क्रिपर ब्याट्सम्यान रेमन्ड भान स्कुअरको निधन भएको घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय
क्रिकेट परिषद् (आइसिसी)को वेबसाइटमा प्रकाशित फ्रांकलको वक्तव्यमा भनिएको छ, ‘रेमोन्ड
नामिबिया राष्ट्रिय टोलीका महत्त्वपूर्ण सम्पत्ति थिए, हामीले त्यो सम्पत्ति गुमाएका
छौँ ।’ उनले नामिबियाका लागि २०० भन्दा बढी बढी खेलेका उनले ८ हजार भन्दा बढी
रन
बनाएका छन् ।
उनले सन् २००७ मा १७ वर्षको उमेरमा स्कटल्यान्ड र आयरल्यान्डमा भएको
आइसिसी टी–२० विश्वकप छनोटमा नामिबिया राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले स्कटल्याण्ड
र आयरल्याण्डमा भएको विश्वकप छनोट खेलेका थिए भने आइयरल्याण्डविरुद्ध इन्टरकन्टिनेन्टल
कप समेत खेलेका छन् । ४० खेलमा नामिबियाको कप्तानी गरेका उनी २०१२ को नामिबियाका
क्रिकेटर अफ दि इयर समेत हुन् ।
Sunday, November 22, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...