
आगामी
बर्ष सन २०१६ मा बंगलादेशमा हुने आईसीसी यु १९ विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी
हुन त्यस तर्फ प्रस्थान गर्न लागेका धनगढीका मुख्य दुई खेलाडी राजु रिजाल र सुनिल धमलालाई
आवश्यक क्रिकेट सामाग्रीहरु धनगढी स्थित जी.के स्पोट्र्स हाउँसले प्रदान गर्ने भएको
छ । जी.के स्पोर्टसले दुवै खेलाडीलाई आवश्यक पर्ने सम्पुर्ण सामाग्री प्रदान गर्ने
तथा खेलाडीहरुले जी.के स्पोर्टस्को लोगो अंकित खेल समाग्रीहरु प्रयोग गरी खेल्ने सहमती
भएको छ । दुवै खेलाडीलाई कम्पनीको लोगो अंकित ब्याट हस्तान्तरण गर्दै धनगढी क्रिकेट
एकेडेमीका अध्यक्ष सुवाश शाहीले दुवै खेलाडीलाई प्रोत्साहन स्वरुप खेल सामाग्री प्रदान
गर्न लागिएको बताए । गुणस्तरिय खेल सामाग्री भएमा खेलाडीहरुको मनोवल उच्च हुनुका साथै
उनीहरुले सोचेको जस्तो प्रदर्शन गर्न सक्ने भएकाले उनीहरुलाई आवश्यक पर्ने उच्च गुणस्तरका
सामाग्रीहरु स्पोर्टस हाउँसले प्रदान गर्न लागेको उनले बताए । दुवै खेलाडीको प्रदर्शनबाट
उत्साहित एकेडेमीका अध्यक्ष समेत रहेका शाहीले नेपाली यु १९ का कप्तान राजु रिजाल तथा
अलराउण्डर सुनिल धमलाले नेपाललाई आवश्यक परेका वेला निकै उत्कृष्ट पारी खेली नेपालको
साख जोगाएकाले आगामी बर्ष हुने यु १९ विश्वकप क्रिकेटमा पनि उनीहरुको प्रदर्शन उत्कृष्ट
रहने विश्वास व्यक्त गरे । खेल सामाग्री ग्रहण गर्दै सुनिल धमलाले जी.के स्पोटर््सले
गर्न लागेको सहयोग यहाँको क्रिकेट खेलको विकासका लागि निकै महत्वपुर्ण भुमिका खेल्ने
बताए ।

उनले भने खेलाडीहरुलाई हौसला प्रेरणाको जरुरत छ, जुन स्थानिय स्तरमा जी.के स्पोर्टस
हाउँसले प्रदान गरेको छ । हामी निकै खुशी छौ । विश्वकप तयारी वारे बोल्दै उनी भन्छन,
हामी नियमित प्रशिक्षणमा छौ, केही समयका लागि हामी धनगढी आएका थियौ यहाँ पनि हामी धनगढी
क्रिकेट एकेडेमीमा नियमित अभ्यास गरी रहेका छौ । धनगढीको क्रिकेट वातावरण ले हाम्रो
उदेश्यमा थप ईटा थपेको विश्वास उनले व्यक्त गरे । कार्यक्रममा कप्तान राजुले आफूहरुले
नियमित प्रशिक्षण जारी राखेकाले नेपाली क्रिकेट समर्थकलाई विश्वकपमा निराश नतुल्याउने
प्रतिक्रिया दिए । नेपाल गत असोजमा यु १९ विश्वकप छनौटको फाईनलमा आईरल्याण्डलाई ३ विकेटले
पराजित गर्दै विश्वकपमा पुगेको हो । सो छनौटमा कप्तान राजु रिजाल तथा सुनिल धमलाले
उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकप ‘क्वालिफाई’मा राजुले नेपालका तर्फबाट शतक प्रहार
गरेर नेपाली टिमलाई च्याम्पियन बनाउन सफल भएका थिए । जनवरी २२ देखि सुरु हुने प्रतियोगितामा
नेपाल लगायत टेष्ट मान्यता पाएका तथा क्यालिफाई भएका गरी १६ टीमले सहभागितामा सहभागिता
जनाउँदैछन ।
Thursday, November 26, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...