
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान)
को निर्वाचन रोक्न निर्देशन दिएको छ। क्यानले कात्तिक २० र २१ गते भैरहवामा संघको केन्द्रीय
चुनाव तोकेको थियो। त्यसअनुसार जिल्ला र क्षेत्रलाई पत्राचार पनि गर्दै आएको थियो।
असारको पहिलो साता काठमाडौंमा भएको नेपाली क्रिकेटको सर्वोच्च निकायको साधारणसभाले
भैरहवामा विधान संशोधन र चुनावको मिति तोकेको थियो। साथै ४ वर्षे कार्यकालभन्दा बढी
भएको जिल्लाको निर्वाचन गर्न क्यानले निर्देशन दिएको थियो। सोहीअनुरूप विभिन्न जिल्लाको
निर्वाचन हुँदै आएका छन्। क्यानले कात्तिक ११ गते निर्वाचनका लागि राखेपसँग स्वीकृति मागेको
थियो। त्यसमा राखेपले आइतबार क्यानलाई पत्र काटेर निर्वाचन रोक्न निर्देशन दिएको छ।
क्यानले कुनै प्रक्रिया नपुर्याएकाले निर्वाचन रोक्न आदेश दिनुपरेको राखेप सदस्य सचिव
केशवकुमार विष्टले बताए। राखेपले क्यानलाई पठाएको पत्रमा निर्वाचन रोक्नुका
५ कारण उल्लेख गरेको छ। ‘क्यानको विधानमै स्पष्ट भनिएको छ, केन्द्रीय निर्वाचनमा जाँदा
२१ दिने सार्वजनिक सूचना निकाल्नुपर्छ भनेर। जबकि राखेपलाई ९–१० दिन अगाडि मात्र निर्वाचन
अनुमतिका लागि भनेर पत्राचार गरिएको छ,’ विष्टले भने। क्यानको कुनै पक्ष पनि सकारात्मक
नभएकाले निर्वाचन रोक्नुपरेको उनको ठहर थियो। निर्वाचन रोक्नुपरेको अरू कारणमा राखेपले सोधेको स्पष्टीकरणमा
चित्तबुझ्दो जवाफ नपठाएको, निर्वाचनका लागि समयमा सूचना नगरेको तथा जिल्ला चुनाव र
प्रतिनिधि चयन पनि स्वच्छ नभएको, मौजुदा क्यानको कार्यसमितिको संख्या नरहेको, अख्तियार
अनुसन्धानले छानबिन गरिरहेको तथा आईसीसीले जरिवाना गराएको रकम क्यानका पदाधिकारीले
आफंै उठाएर तिर्नुपर्ने र संघमा रहेको बेरुजु रकम अझै नउठाएको भन्नेछ। राखेपले अघिल्लो महिना वर्तमान क्यानमा संघ चलाउने कुनै हैसियत
नभएको भन्दै संघमा देखिएको संकटलाई आधार बनाउँदै १५ बुँदे स्पष्टीकरण सोधेको थियो।
सोहीअनुरूपको जवाफ नआएमा खेलकुद विकास ऐन, २०४८ र खेलकुद विकास नियम २०४९ बमोजिम कारबाही
गरिने तयारी राखेपको थियो। क्यानले तोकेको समय ५ दिनभित्र त्यसको जवाफ पठाए पनि त्यो
चित्तबुझ्दो नभएको आरोप राखेपको छ। समयमा आर्थिक प्रतिवेदन नबुझाएको भनेर आईसीसीले
नेपाललाई २ वर्ष अगाडि १ लाख डलर जरिवाना लगाएको थियो। अख्तियारले त्यसमा सम्पूर्ण
क्यान दोषी रहेको भन्दै संघका सबै पदाधिकारीबाट उक्त रकम असुल्न आदेश दिएको थियो। तर
क्यान पदाधिकारी त्यसमा अटेर गरेर बसिरहेको राखेपको भनाइ छ। क्यानले जिल्ला निर्वाचन
आफूखुसी गर्दै प्रतिनिधि चयन गरेको सदस्य विष्टले बताए। जिल्लाको विवादका क्रममा कैलालीमा
कफ्र्यु लागेको दिन साधारणसभा र निर्वाचन गरेको भन्दै राखेपमा उजुरीसमेत परेको छ।टंक
आङबुहाङलाई अध्यक्षमा चुन्दै क्यानको निर्वाचन भएको अर्को महिना चार वर्ष पुग्दैछ।
तर गत वर्षको जेठमा क्यानमा ब्यापक भ्रष्टाचार भएको भन्दै आङबुहाङसहित उपाध्यक्ष चतुरबहादुर
चन्द, विनोद मैनाली, सुनील अमात्य, महासचिव अशोकनाथ प्याकुर्यालमाथि अख्तियार दुरुपयोग
अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा लगाएको थियो। उक्त मुद्दा अहिले पनि चलिरहेको
अवस्थामा निर्वाचन गर्न नमिल्ने ठहर राखेपको छ। ‘क्रिकेट अहिलेको यथास्थितिमा चल्दैन,
नयाँपन आउनुपर्छ। दुई सातासम्ममा हामी नेपाली क्रिकेटमा केही नयाँपन ल्याउनेछौं,’ विष्टले
भने। खबर कान्तिपुर दैनिक देखी।
Tuesday, November 3, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...