
युएईमा कात्तिक ३० र मंसिर २ गते हुने आइसिसी वर्ल्ड क्रिकेट लिग
च्याम्पियनसिप अन्तर्गत पपुवान्युगिनीविरुद्धको खेलका लागि पारस खड्काको कप्तानीमा
१६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । टोलीमा विक्रम सोव र इर्शाद अहमद नयाँ अनुसार
छन् भने सुवास खकुरेल, नरेश बुढायर र मेहबुब आलमले पुनरागमन गरेका छन् । ज्ञानेन्द्र
मल्ल उपकप्तान रहेको टोलीमा बसन्त रेग्मी, शक्ति गौचन, सागर पुन, अनिल मण्डल, सोमपाल
कामी, करण केसी, महेश क्षेत्री, शरद भेसवाकर, पृथु बास्कोटा छन् । बन्द प्रशिक्षणमा
रहेका मध्ये राजेश पुलामी मगरका साथै सन्दिप लामिछाने, दिलिप नाथ, यज्ञमान कुमाल टीममा
परेनन् । विनोद भण्डारी, प्रदिप ऐरी, सिद्धान्त लोहनी र भुवन कार्की भने प्रारम्भीक
टोलीमा नै परेका थिएनन् । भ्रमणका क्रममा नेपालले पाकिस्तानसँग वान डे खेल्नुका साथै
हङकङसँग टु डे र ओमानसँग एक दिवसीय खेल पनि खेल्नेछ । नेपाली टिमको प्रशिक्षकमा पुबुदु
दासानायके र सहायक प्रशिक्षकमा दिपेन्द्रप्रताप सिंह छन् । यसअघि नै प्रशिक्षकबाट राजिनामा
गरेका दासानायकले युएई भ्रमणमा नेपाली टिमलाई प्रशिक्षण दिने बताएका थिए । नेपाली टिमको
व्यवस्थापकमा बसन्तराज सत्याल, प्राविधिक विश्लेषकमा रमण शिवाकोटी र पिजियोमा श्रील
भगत छन् ।
Tuesday, November 3, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...