एजेन्सी – न्यूजिल्याण्डका रोज टेलरले ११२ वर्ष पुरानो रेकर्ड
तोडेका छन् । पर्थ टेष्टको चौथो दिन टेलर २९० रनमा आउट भए । तेहेरो शतक बनाउन मात्र
१० रनले चुकेका उनले अष्ट्रेलियामा सर्वाधिक रन बनाउने भ्रमणकारी ब्याट्सम्यान बनेका
छन् । टेलरले इंग्ल्याण्डमा टीप फोस्टरको ११२ वर्ष पुरानो रेकर्ड तोडेका छन् । फोस्टरले
सन् १९०३ मा इंग्ल्याण्डबाट खेलेका उनले २८७ रन बनाएका थिए । ३१ वर्षका टेलरको यो स्कोर
देश बाहिर कुनै पनि किविज ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो भने समग्रमा सर्वाधिक
तेस्रो रन हो । पहिलो पारीमा ५६७ मिनेट ब्याटिङ गर्दै ३७४ बलको समना गरेका उनले ४३
चौका हाने । यो कुनै पनि ब्याट्सम्यानले अष्ट्रेलियामा टेष्टको एकै इनिङमा हानेको चौका
हो ।
Tuesday, November 17, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...